
पशुपतिनाथ मन्दिरमा राखिएको १०१ केजीको सुनको जलहरीका विषयमा विवाद सिर्जना भएपछि उच्च स्तरीय छानबिन समिति बनाउन विश्व हिन्दु महासंघले माग गरेको छ।
महासंघले पशुपतिमा चढाइएको जलहरी सुनको हो वा होइन, १०१ केजी सुन छ वा छैन जस्ता प्रश्न उठेकाले यसको छानबिन गर्न उच्च स्तरीय समिति निर्माण गरी अनुसन्धान गर्न माग गरेको हो। छानबिन गरी सत्यतथ्य पत्ता लगाई धार्मिक आस्थाका विषयमा उठेका प्रश्नहरुको निराकरणमा लागि आवश्यक कारवाही गर्न नेपाल सरकार समक्ष महासंघले विज्ञप्ति जारी गर्दै माग गरेको छ।
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी बनाउँदा चढाइएको १०१ केजी सुनलाई लिएर केही दिनदेखि विवाद चल्दै आएको छ।