
काठमाडौँ – गाँउघरमा विषेश गरेर गर्मी याममा दहीमा पानी हालेर खाने चलन अझै पनि कायमै छ। तर शहर बजारतिर भने दही, मही खाने चलन बिस्तारै हराएर जान थालेको छ।
दही मही भन्दा पनि बजारमा पाईने चिसो पेय पदार्थहरुमा मानिसहरुको आकर्षण बढ्दो छ। तर बजारमा पाइने पेय पदार्थहरु भन्दा पनि दही र महीको सेवन मानव स्वास्थ्यका लागि निकै नै लाभदायक रहेकाले दही महीको प्रयोग बढाउन जनस्वास्थ्यबिद् डा. अरुणा उप्रतीको सुझाव छ ।
दही मही, र लस्सी स्वादिलो हुनुका साथै यसले शरिरलाई शीतलता पनि प्रदान गर्छ । दही वा महीमा अलिकति नुन मिसाएर सेवन गर्दा यसले पाचन प्रक्रियामा ठूलो सहयोग पुर्याउने उप्रेतीको भनाइ छ ।
डा. उप्रतीका अनुसार महीले गर्मी याममा शीतलता प्रदान गर्नुका साथै गर्भवती महिलाका लागि दही र मही अति नै उपयोगी मानिन्छ। महीमा पाइने ‘प्रोबायोटिक’ले गर्भाअवस्थामा आमा र बच्चाको स्वास्थ्यलाई सुदृढ बनाउन ठूलो सहयोग गर्छ ।
व्यस्त दैनिकी र दौडधुपका कारणले गर्मी याममा शरीरमा आलस्यता आउने भए पनि महीको सेवनले शरीरमा स्फूर्ति बढ्नुको साथै पानीको मात्रा पनि आपूर्ति गर्ने गर्छ ।
यस्ता छन् महीका फाइदा
- महीमा प्रयाप्त मात्रामा क्लासियम पाइने भएकोले कब्जियत हुनबाट जोगाउँछ ।
- महीको सेवन भुटेको जिराको साथ गर्नाले पाचन प्रणालीमा ठी राख्न मद्दत गर्छ। साथै पेटको गर्मी र अन्य समस्याहरूबाट पनि जोगाई राख्छ ।
- मोटोपना अधिक हुँदा महीमा नून मिलाएर पिउनु शरीरका लागि फाइदाजनक हुन्छ।
- उच्च रक्तचाप हुँदा चूर्ण महीको साथ सेवन गर्नुपर्दछ।
- बिहान साँझ महीको सेवन गर्दा स्मरण शक्ति तेज हुन्छ।
- पटकपटक बाडुल्की लाग्ने समस्या रहेमा महीमा एक चम्चा अदुवाको रस/पाउडर मिलाएर सेवन गर्नु लाभदायक हुन्छ ।
- बान्ता आउने जस्तो मन भएमा महीमा जायफल पिसेर यसको मिश्रण पिउँदा लाभदायिक हुन्छ ।
- सौन्दर्य समस्याको लागि मही निकै फाइदाजनक चीज हो । महीमा पिठो मिलाएर तयार गरिएको लेप लगाउँदा छालाको चाउरीपना कम हुन्छ । गुलाबको जरालाई महीमा पिसेर अनुहारमा लगाउँदा डन्डीफोरको समस्या कम हुन्छ।
- शरीरको पोलेको भाग छ भने तुरुन्त मही लगाउँदा आराम मिल्छ।
- कपाल झर्ने समस्यामा पनि मही उत्तिक्कै उपयोगी हुन्छ । यसको लागि बासी महीले हप्तामा दुई दिन कपाल धुदा सिल्की र चम्किलो बनाउने गर्दछ।
- कतिपयलाई ल्याक्टेज इन टोलरोन्स हुने अर्थात दुध खाने बित्तिकै पेट गडबड हुने समस्या भइरहेको हुन्छ। भने पनि यस्ता व्यक्तिका लागि मही धेरै नै फाइदाजनक रहन्छ।