दीर्घरोगीलाई निःशुल्क औषधि सहयोग

दीर्घरोगीलाई निःशुल्क औषधि सहयोग
+
-

सिमकोट – दुुर्गमको एक गाउँपालिकाले गाउँपालिकाभित्रका सबै खाले दीर्घरोगीलाई निःशुल्क औषधि सहयोग गरेको छ। आर्थिक अवस्था कमजोर भएका र सधँै औषधि प्रयोग गरिरहनुुपर्ने दीर्घरोगका बिरामीलाई खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले निःशुल्क औषधिको व्यवस्था गरेको हो।

खार्पुनाथ गाउँपालिका–३ की जुनकला बुढाले दम रोगबाट पीडित हुँदै आएको र यसको नियमित औषधि सेवन गर्नुपरिरहेकोमा गाउँपालिकाको स्वास्थ्य शाखाले निःशुल्क रुपमा त्यसको औषधिको व्यवस्था गरिएको बताइन्। यो व्यवस्था गर्न शाखाले सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी परिचालन गरेर दीर्घरोगी बिरामीको विवरण लिएको थियो।

यसअघि उनले ऋण सापट गरेर औषधि प्रयोग गर्नुपरि रहेकामा अब भने उक्त औषधि सधैँका लागि निःशुल्क पाउने प्रतिबद्धता पाएकोमा खुसी ब्यक्त गरिन्।

शाखाको यो प्रयासले उनले अब औषधोपचारका लागि आफूले खर्च गर्नुपर्ने छैन। शाखाका प्रमुख बलिराज शाहीले गाउँपालिकाले दीर्घरोगीको औषधि प्रयोगका लागि खर्च गर्न सक्ने आर्थिक अवस्था बुझेर निःशुल्क उपलब्ध गराउने निष्कर्षमा पुुगेर वितरण गर्नुुपरेको बताए।

आर्थिकका कारण औषधि गर्न नपाएर कुनै पनि बिरामीले मृत्युुको मुखमा जानुुपर्ने अवस्था नआओस् भनेरै यो व्यवस्था गरिएको हो।

गाउँपालिकाका पाँच वटै वडामा हाल ७३ जना विभिन्न दीर्घरोगका बिरामी रहेको र उनीहरू सबैलाई वर्ष दिनभरि पुुग्ने औषधि गाउँपालिकाले गरिरहेको छ। यसरी निःशुल्क औषधि पाउने दीर्घरोगी बिरामी मुटु रोगी, मिर्गौला, मधुुमेह, उच्च रक्तचाप, दम, बाथलगायत सातभन्दा बढी रोगबाट ग्रसित हुँदै आएका छन्।

बिरामीलाई एक पटकमा तीन महिनाका लागि पुुग्ने औषधि दिने गरिएको छ। स्वास्थ्य शाखाले स्वास्थ्य संस्थासम्म आउन नसक्ने यस्ता बिरामीलाई घरघरमै पुुगेर औषधि उपलब्ध गराउने ब्यवस्थासमेत गरेको छ। यी बिरामीलाई औषधि उपलब्ध गराउन शाखाले बार्षिक साढे दुुई देखि तीन लाख रुपैयाँ खर्च हुने अनुुमान गरेको छ।

गाउँपालिका अध्यक्ष कर्णबहादुुर रावलले निर्वाचनका बेला बिरामीलाई औषधिको उचित व्यवस्था गरिने प्रतिबद्धताअनुुसार दीर्घरोगीलाई औषधिको व्यवस्था गरिएको बताए। निःशुल्क औषधि पाउने बिरामी अधिकांश ज्येष्ठ नागरिकसमेत छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष