ड्रागन बोट रेसको फाइनल आज

ड्रागन बोट रेसको फाइनल आज
+
-

पोखरा- ड्रागन बोट रेस फेस्टिबलको फाइनल शनिबार हुँदैछ। २ सय र ५ सय मिटर दुरीको प्रतिस्पर्धामा ४ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

शुक्रबारबाट सुरु भएकाे प्रतियोगितामा नेपाली ४ र चीनका ४ गरी ८ टिम सहभागी थिए।

हिजाेकाे पहिलो चरणको प्रतिस्पर्धामा सिचुवान ड्रागन बोट, युवान ड्रागन बोट, एसजी ड्रागन बोट (सिंगापुर), चाइना-नेपाल फ्रेन्डसीप ड्रागन बोट (पोखरा), नारा ड्रागन बोट (नेपाल), एनआरिसए ड्रागन बोट (नेपाल), फेवा ड्रागन बोट र पोखरा महानगर ड्रागन बोट सहभागी भएका थिए।

दुवै विधामा सिचुवान, नारा, युनान र एनआरिसए ड्रागनबोट दोस्रो चरण प्रवेश गरेका छन्।

प्रतियोगिताको दुवै विधामा पहिलो हुनेले ५ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ र तेस्रो स्थान प्राप्त गर्नेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
चीनको प्रमुख चार परम्परागत पर्व मध्यको एक ड्रागन बोटरेश फेस्टिबल नेपालमा पहिलो पटक मनाइएको हो ।

बोटरेसका लागि चीनबाटै केरुङ नाका हुँदै ८ वटा विशेष डुंगा पोखरा ल्याइएको थियो। प्रतियोगिता सकिएपछि ती डुंगा चीनले पोखरा महानगरलाई हस्तानन्तरण गर्नेछ।

चिनियाँ खेलाडी र पाहुना भने छेन्दुबाट सिचुवान एयरलाइन्सको चार्टर उडानबाट पोखरा ओर्लिएका थिए।

नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकाले संयुक्त रूपमा फेस्टिबलको आयोजना गरेका हुन्।

पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनले पनि सहकार्य गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?