बल्ल पायो निगमको जहाजले उडान अनुमति

बल्ल पायो निगमको जहाजले उडान अनुमति
+
-

काठमाडौँ- नेपाल वायुसेवा निगमले वाईड बडी ३३० विमान उडाउने अनुमति पाएको छ।

आइतबार नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई एयरबस ३३० उडान गर्ने अनुमति दिएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए।

गत असार १४ गते फ्रान्सेली कम्पनी एयरबसबाट नेपाल वायुसेवा निगमले पहिलो पटक ल्याएको एयरबस ३३० जहाज उडान अनुमति (एओसी) नपाएकाले व्यवसायिक उडान गर्न पाएको थिएन। यो जहाजमा २५४ इकोनोमिक क्लासका र १८ विजनेस क्लासका सिट रहेका छन्।

प्राधिकरणको अनुमतिपछि नेपाल वायुसेवा निगमले असार १४ गते ल्याएको अन्नपूर्ण नाम गरेको एयरबस ३३० व्यवसायिक उडान गर्न पाउने छ। निगमले अगस्त पहिलो साता एयरबस ३३० को व्यवसायिक उडान गर्ने बताउँदै आएको छ।

अब उडान गर्ने देशको उड्डयन क्षेत्रको नियामकको अनुमतिपछि मात्र जहाजले व्यवसायिक उडान गर्न सक्नेछ। निगमले यहि साउन  १० गते ल्याएको एयरबस ३३० मोडेलकै मकालु नाम गरेको जहाजले उडाउने अनुमति पाएको छैन।

प्राधिकरण श्रोतका अनुसार निगमले जहाज ल्याएको ४ दिन हुँदा पनि भन्सार तिरेर एओसीका लागि आवेदन नै दिएको छैन। निगएले एयरबस ३३० मोडेलको जहाज पहिलोपटक चलाएकाले एओसी दिन केही समय लागेको प्राधिकरणको भनाई छ।

जहाज ल्याएको लामो समयसम्म उडान नगरेको भन्दै निगमको आलोचना भएको थियो। तर प्राधिकरणका अधिकारीले उड्डयन क्षेत्रको जानकारी नभएकाहरुले आलोचना गरेको बताएका थिए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’