भोलि र पर्सि पोखरामा मुख्यमन्त्रीहरुको भेला

भोलि र पर्सि पोखरामा मुख्यमन्त्रीहरुको भेला
+
-

पोखरा – स्थगित भएको मुख्यमन्त्रीहरुको भेला पोखरामा शुक्रबार र शनिबार हुने भएको छ। सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने भनिएको भेलामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की भने अनुपस्थित हुनेछन्। सत्ता किचलोको कारण कार्की उपस्थित हुने छैनन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि शुक्रबार भेलाको उद्घाटन शत्रमा उपस्थित हुनेछन्।

२ दिनसम्म मुख्यमन्त्रीहरुको पोखरामा छलफल हुने गण्डकी प्रदेश सरकारकी प्रवक्ता सरस्वती अर्याल तिवारीले बताइन्। प्रदेश र संघबीच हुनुपर्ने समन्वय र अधिकारको बारेमा छलफल हुने उनको भनाइ छ।

‘अनुभव के कस्ता रहे। विकासका कामहरु हरेक प्रदेशले के कसरी गरिरहेका छन् भन्ने विषयमा छलफल हुन्छ’, उनले भनिन्। संघसँग प्रदेशले पाउनुपर्ने अधिकार प्रधानमन्त्रीसँग मागिने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री अर्यालले उल्लेख गरिन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले दिएको जानकारी अनुसार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह पोखरा आइसकेका छन्। बाग्मतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल पनि पोखराको यात्रामा निस्किसकेका छन्।

गएको जेठ १० गते अन्तर प्रदेश बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीको उपस्थितिमा संघीयता कार्यान्वयन र अधिकारका सवालमा छलफल गर्ने तयारी थियो। प्रधानमन्त्री व्यस्त भएपछि अन्तिम समयमा भेला रोकिएको थियो।

मुख्यमन्त्रीहरूको भेला पोखरामा दोस्रोपटक हुन लागेको हो। पहिलो पटक २०७५ भदौ २१ र २२ गते पोखरामै भएको थियो।गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा भएको भेलाले ८ बुँदे घोषणापत्र जारीसमेत गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?