आयुर्वेदको विकास गर्ने कार्ययोजना लिएर आउनुहोस्, तत्काल कार्यान्वयन गर्छुः मन्त्री बस्नेत

आयुर्वेदको विकास गर्ने कार्ययोजना लिएर आउनुहोस्, तत्काल कार्यान्वयन गर्छुः मन्त्री बस्नेत
+
-

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको विकास गर्ने कार्ययोजना लिएर आउन विज्ञहरुलाई सल्लाह दिँदै आफू तत्काल कार्यान्वयन गर्न तयार रहेको बताएका छन्।

नेपाल आयुर्वेद चिकित्सक संघको २६औं स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले आयुर्वेद क्षेत्रका विज्ञहरुले अब सरकारले यो गरेन वा त्यो गरेन भनेर गुनासो गर्नुको सट्टा आयुर्वेदको विकासका लागि कसले के गर्नुपर्छ भन्ने स्पष्ट दृष्टिकोणसहितको कार्ययोजना लिएर आउनुपर्ने र त्यो कार्ययोजना कार्यान्वयन गर्न आफू तयार रहेको बताए।

मन्त्री बस्नेतले भने, ‘मै मन्त्री भएका बेला कार्ययोजना लिएर आउनुहोस् कार्यान्वयन गराएर छोड्छु।’ इच्छाशक्ति, कार्ययोजना र राज्यको सकारात्मक भूमिका भए जुनसुकै काममा पनि सफलता हात पार्न सकिने दावी गर्दै मन्त्री बस्नेतले जागिर खाएर मात्र बस्ने प्रवृतिले मात्र नवीनतम सोचको विकास हुन नसक्ने बताए।

आयुर्वेद क्षेत्र प्रचुर सम्भावना भएको क्षेत्र भएको बताउदै मन्त्री बस्नेतले यो क्षेत्रको मान र सान बढाउन सबै लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले पछिल्ला वर्षमा पश्चिमा देशसमेत आयुर्वेदप्रति आकर्षित भइरहेको भन्दै यसको विकासका लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए। नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्यामबाबु यादवले स्वस्थ्य समाज निर्माणका लागि आयुर्वेदको विकास हुनु जरुरी रहेकोले सरकारले आयुर्वेदलाई प्राथमिकतामा राखेर नीति बनाउनुपर्नेमा जोड दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष