लिलामी नहुँदा ‘कवाड’मा परिणत हुँदै करौंडौं मूल्यका सवारी साधन

लिलामी नहुँदा ‘कवाड’मा परिणत हुँदै करौंडौं मूल्यका सवारी साधन
+
-

धनगढी- समयमै लिलामी नहुँदा जिल्ला अदालत कैलालीमा करोडौँ मूल्य बराबरका सवारी साधन कवाड बन्दै गएका छन्।

विभिन्न मुद्दामा बरामद गरेर अदालतमा ल्याइएका सवारी साधन लामो समयदेखि थन्क्याएर राख्दा कवाड बन्दै गएका हुन। तर पनि, अदालतले भने अझै लिलामी प्रक्रिया अगाडि बढाएको छैन।

वर्षमा दुई पटक गर्नुपर्ने लिलामी अदालतले भने करिब एक वर्षदेखि अगाडि नबढाएको हो। सवारी साधनहरु घाम, पानीले सड्दा र खिया लाग्दा काम नलाग्ने अवस्थामा पुगेका हुन्। बरामद सवारी साधनहरु कार्यालय परिसर तथा खुला ठाउमा राखिएका कारण सवारी साधन कवाड बन्दै गएका हुन।

जिल्ला अदालत कैलालीका अनुसार हाल अदालतमा विभिन्‍न मुद्दाका ९ ट्याक्टर, मोटरसाइकल १७, स्कुटर २, जिप एक र मिनी ट्रक एक थान छन्।
पक्राउ परेका सवारी साधनको एक वर्षदेखि लिलामी हुन नसकेको अदालतका तहसिलदार नवराज जोशीले जानकारी दिए।

विविध कारणवश लिलामी पक्रियामा ढिलाइ भएको बताउने अदालतले लिलामी गरिसक्नुपर्ने सवारी साधनको हालसम्ममा मुल्याङकन समेत गर्न सकेको छैन।
कतिपय अदालतमा मुद्दा चलिरहेका कारण र कतिपय अदालतको ढिलाईले लिलामीी हुन नसकेका हुन्। हाल सवारी साधनको मेकानिकल ईन्जिनियरले मुल्याङन गरिरहेको बताइएको छ।

पक्राउ परेर अदालतमा पेश गरिएका सवारी साधनको हाल मुल्याङकनको कार्य भइरहेकोले भदौ महिनासम्म लिलामी गरिने अदालतका श्रेष्तेदार इन्द्र कडायतले जानकारी दिए।

पक्राउ परेका सवारी साधन सबैभन्दा बढी बन मुद्दाका छन्। ती सवारी साधन रातीको समयमा काठ चोरीमा सग्लन रहेको पाइएको छ। अदालतमा सवारी साधन मात्रै हैन, काठ पनि कुहनि थालेका छन्। जिल्ला अदालतका अनुसार लाखौँ मूल्यका काठ पनि कुहिन थालेका छन्।

काठ कति छ भन्ने यकिन तथ्याङक भने अदालतले तयार पारेको छैन। काठ ओसारपोसारका क्रममा बरामद गरिएका र काठसहित बेवारिसे अवस्थामा बरामद गरिएका यातायातमा दर्ता नभएका सवारीसाधनहरु जिल्ला वनले र अदालतमा दर्ता भएका मुद्दाका सवारी साधनहरु जिल्ला अदालतले लिलामी गर्ने प्रावधान रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?