काठमाडौँ – देशभरको मौसम मंगलबार सामान्यदेखि पूर्ण बलदीको अवस्थामा रहने जल तथा मौसम पूवानुमान महाशाखाले जनाएको छ ।
देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् । यस्तै दिउँसोको समयमा पूर्व र पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि छ ।
यस्तै राति देशका केही ठाउँमा बदलीसहित ठूलो पानी पर्ने सम्भावना रहेको तर हावाहुरी भने चल्ने मौसमविद नगरकोटीले जानकारी दिइन् । मनसुनी गतिविधि सक्रिय रहेकाले काठमाडौँ उपत्यकासहित देशभर केहीदिनदेखि मौसम बदली हुने तथा पानी पर्ने गरेको छ ।
मंगलबार दिउँसो केहीबेर काठमाडौँ उपत्यकामा मौसम खुले पनि फेरि बदली हुने र पानी पर्ने सम्भावना छ । अबको केही दिन मौसम यस्तै रहने मौसमविद नगरकोटीले जानकारी दिइन् ।
बदली तथा पानी परे पनि बाढी आउने सम्भावना भने त्यति नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबको तीन दिन देशका प्रमुख नदीहरुमा ठूलो बाढीको जोखिम नदेखिएको महाशाखाले उल्लेख गरेको छ ।
चुरे क्षेत्र र पहाडका स–सना नदीमा पानी परेका बेला केहीबेर पानीको बहाव बढ्न सक्ने भएकाले सतर्क हुनु पर्ने तर ठूलो बाढीको सम्भावना भने नरहेको उल्लेख गरिएको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































