मिस नेपाल बनिन् गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर

मिस नेपाल बनिन् गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर
+
-

काठमाडाैँ- आर्किटेक्ट मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर भएकी छन् ।

व्युटी विथ व्रेन भनेर चिनिने श्रृंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन् । पेशाले आर्किटेक्ट इन्जिनियर श्रृखलाले इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिंग क्याम्पसबाट स्नातक गरेकी हुन् ।

आफू मिस नेपाल वल्र्ड २०१८ भएता पनि आफ्नो इन्जिनियरिंग पेशा अनुरुपको प्रोडक्टमा ब्राण्ड एम्वेसडर हुन पाएको उनले खुशी व्यक्त गरेकी छन् ।

स्थायी तथा अस्थायी संरचनाको निर्माणमा बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने गोर्खा इको प्यानलको प्रयोगबाट भूकम्पपश्चातको पुननिर्माण तीव्र हुने सम्भावना भएकोले पनि आफू गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर बनेको उनले सुनाइन् ।


वर्तमान समयमा निर्माण सामाग्रीको दुनियाँंमा नयाँंनयाँं निर्माण सामाग्रीहरु बजारमा उपलव्ध भएको कुरा औंल्याउँदै आर्किटेक्ट मिस नेपाल खतिवडाले आर्किटेक्टहरुले भवन डिजाइन गर्दा गोर्खा इको प्यानल जस्ता भूकम्पप्रतिरोधात्मक र वातावरणमैत्री निर्माण सामाग्री प्रयोग गर्न जोड दिइन् ।

गोर्खा इको प्यालनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवाल र मिस नेपाल वल्र्ड २०१८ श्रृंखलाले दुई पक्षबीचको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

आर्किटेक्ट इन्जिनियहरुको भावनालाई आर्किटेक्ट इन्जिनियरले नै प्रतिनिधित्व गर्न सक्ने भएकोले आर्किटेक्ट मिस नेपाल श्रृखलालाई ब्राण्ड एम्वेसडर बनाएको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?