
काठमाडौँ- लक्ष्मी बैंकले ललितपुरको सानेपामा नयाँ शाखा संचालनमा ल्याएकोे छ।
यो शाखामार्फत रिटेल बैकिङ सेवा दिँदै साना तथा लघु व्यवसायीहरु आकर्षित गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ।
योसहित लक्ष्मी बैंकको शाखा ९५ पुगेको छ। ३ हस्पिटल सेवा काउन्टर, १०५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन्।
बैंकले सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटमार्फत मर्चेन्ट बैंकिङ सेवाहरु दिँदै आएको छ।