छोराको हत्या गरेर आमाले गरिन् आत्महत्या

छोराको हत्या गरेर आमाले गरिन् आत्महत्या
+
-

धनगढी- कैलालीको बर्दगोरीया गाउँपालिका–२, कुम्भीयामा एक महिलाले छोराको हत्या गरेर आत्महत्या गरेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २१ वर्षकी सीतादेवी डंगौरा थारुले साढे चार वर्षका छोरा संकेतको हत्या गरेर आत्महत्या गरेकी हुन्।

‘सोमबार दिउँसो सीताले छोराको हत्या गरेर आत्महत्या गरेको भन्ने जानकारी आएको छ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले भने, ‘आत्महत्या नै हो वा अरु केहि हो हामी श‌कास्पद व्यक्तिसँग सोधपुछ गरिरहेका छौँ ।’

उनले आमा छोरा दुवैको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा लगिएको र पोष्टमार्टम रिपोर्टपछि सत्य कुरा खुल्ने जानकारी दिए ।

मृतकका श्रीमान लालबहादुर डंगौरा थारुले भने आमा छोराको शव ढोका लगाएर झुण्डिएको अवस्थामा फेला परेको बयान दिएको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?