
दाङ – उपचारका क्रममा बालकको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष बन्द भएको छ।
बालकका आफन्तले प्रतिष्ठानको लापरबाहीले मृत्यु भएको भन्दै आन्दोलन चर्काएपछि आकस्मिक कक्ष बन्द भएको हो।
प्रतिष्ठान स्रोतका अनुसार डिस्चार्ज भएर घर फर्किन लागेका बिरामी भित्रै बस्न बाध्य भएका छन्। प्रतिष्ठानभित्रको फार्मेसी पनि बन्द छ ।
बालकको मुत्यु भएपछि अस्पताल तनाव ग्रस्त बनेको छ। मंगलबार बेलुका प्रतिष्ठानमा उपचारका लागि गएका घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए।
बालकलाई बिहीबार बिहान भेन्टिलेटरमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको थियो। आज पनि मृतकका आफन्तहरुले अस्पताल घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन्।