
पोखरा – रातभर परेको पानीले शनिबार बिहान पोखरा निथ्रुक्क भिजेको थियो। भिजेको पोखराले कुहिरोसँग लुकामारी खेलिरह्यो ।
पुम्दीकोटको डाँडाबाट नियाल्दा पोखराको फेवातालले कुइरोको घुम्टो ओढेको थियो।
छिनछिनमा मौसम बदलिरह्यो। कुइरोको घुम्टो बेलाबेला उघार्दा फेवातालको दृश्य रोमाञ्चक देखिन्थ्यो। बिहानभर कुइरोसँग लुकामारी खेलेको पोखराको मौसम अहिले भने निकै खुलेको छ।