
सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका– ३ निवासी वर्ष १९ की मनपुरा मल्ल हमालको आइतबार दिउँसो हेलिकोप्टरबाट उद्धार गरिएको छ।
तीन दिनदेखि सुत्केरी व्यथा लागेकी गर्भवतीको नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल कालागाउँमा उद्धार गरिएको हो।
स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले तीन दिन लगातार व्यथा लागेर सुत्केरी हुन नसकेकी मल्लको हेलिकोप्टरबाट उद्धार गरिएको जानकारी दिइन्।
महिला स्वास्थ्य चौकीमा तीन दिनसम्म लगातार सुत्केरी गराउने प्रयास गरिए पनि नसकिएपछि जिल्लाबाहिर रिफर गरिएको उनले बताइन्। राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा मल्लको हेलिकोप्टरबाट उद्धार गरिएको होे। यो यस आर्थिक वर्षको एघाराँै उद्धार हो।
असार २७ गते अदानचुली गाउँपालिकाबाट दशौँ महिलाको उद्धार गरिएको थियो। उनको गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र स्थानीय प्रशासनको समन्वयमा उद्धार गरिएको हो।