एसिसी इमर्जिङ कप: दोस्रो खेलमा भारतसँग खेल्दै नेपाल

एसिसी इमर्जिङ कप: दोस्रो खेलमा भारतसँग खेल्दै नेपाल
+
-

काठमाडौँ- एसिसी इमर्जिङ कपका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले सोमबार भारत ‘ए’ सँग आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार आज दिउँसो २:१५ मा श्रीलंकाको आर प्रेमदासा रंगशालामा हुने खेलमा नेपाल पहिलो जितको खोजीमा रहेको छ।

पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको नेपाल भारत विरुद्ध पहिलो जितको खोजीमा छ। भारत भने लगातार दोस्रो जितका साथ सेमिफाइनल यात्रा पक्का गर्ने प्रयासमा हुने छ। भारतले आफ्नो पहिलो खेलमा युएई ‘ए’ लाई ८ विकेटले पराजित गरेको थियो।

पाकिस्तान विरुद्ध ब्याटिङ चल्न नसकेपछि नेपालले भारत विरुद्ध केही महत्वपूर्ण परिवर्तन गर्ने सम्भावना रहेको छ।

अघिल्लो खेलमा शीर्षक्रमका ब्याटरले राम्रो सुरुवात दिन सकेका थिएनन् भने मध्य क्रमपनि प्रेसर धान्न असफल हुँदा पछिल्लो क्रमले केही समालिएर रन बनाएको थियो। जसमा सोमपालको एकल प्रयास महत्त्वपूर्ण रहेको थियो।

भारतीय यु-२३ टोलीमा भने युवा खेलाडीको बाहुल्यता रहेको छ। रणजी, भारतको यु-१९, भारत ‘ए’ र आइपिएलमा सानदार प्रदर्शन गरेका युवा खेलाडीहरू टोलीमा रहेका छन्।

भारतका कप्तान यस धुलले युएई ‘ए’ विरुद्ध १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका कारण नेपाल विरुद्ध पनि सोही प्रदर्शन दोहोर्‍याउन मैदान उत्रिने छन्। २०२२ मा भारतले यू-१९ विश्वकप जित्दा धुलले नै टिमको कप्तानी समालेका थिए।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ।

भारत ‘ए’ टोली :

साई सुदर्शन, अभिषेक शर्मा (उपकप्तान), निकिन जोन्स, प्रदोश रञ्जन पल, यश धुल (कप्तान), रियान पराग, निशान्त सिन्धु, प्रभशिम्रन सिंह (विकेटकिपर), ध्रुव जुरेल, मानव सुथार, युवराजसिंह दोदिया, हर्षित राना, आकाश सिंह, नितेश कुमार रेड्डी र राजवर्धन हांङ्गेकार।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?