आपराधिक मनोविज्ञान र यसको आवश्यकता

आपराधिक मनोविज्ञान र यसको आवश्यकता
+
-

समाजमा आपराधिक क्रियाकलाप नभए, समाज असाध्यै सभ्य भए, पुलिस र अदालतको आवश्यकता नै नपर्ने समाज भए कति राम्रो हुन्थ्यो होला । पुलिस र अदालतमा गर्नुपर्ने खर्च विश्वविद्यालय र अनुसन्धान केन्द्रमा गर्न पाए कति राम्रो हुन्थ्यो होला, कसैले कसैलाई पनि कुदृष्टिले नहेरे सबैले सबैलाई सहयोग गरे कस्तो राम्रो हुन्थ्यो होला ।

आखिर व्यक्तिहरु किन अपराधमा फस्छन्? किन अपराध गर्छन्, के कारणले गर्दा अपराधिक क्रियाकलाप गर्छन् होला, आखिर जन्मिँदा त कोही पनि डाक्टर, इन्जिनियर, पाइलट, वकिल वा अपराधी भएर जन्मिएका त हुँदैनन् । त्यसो भए व्यक्तिले किन अपराध गरेको होला? यसको पछाडि के के कारणहरु हुन सक्छन् होला त?

आपराधिक मनोविज्ञान भनेको आपराधिक क्रियाकलापमा संलग्न हुनेहरुको व्यवहार यसको कारण, उत्प्रेरणा, अपराधको प्रकृतिको अध्यन गर्ने मनोविज्ञान हो । आपराधिक क्रियाकलापमा संलग्न हुनेहरुको मानसिक स्थितिको अध्ययन गर्ने विधा नै आपराधिक मनोविज्ञान हो ।

अपराध किन हुन्छ, यसमा कस्ता व्यक्तिहरु आपराधिक क्रियाकलापमा संलग्न हुनसक्छन भन्ने विभिन्न मनोवैज्ञानिक तर्कहरु रहेका छन्, यसमा धेरै नै अनुसन्धानहरु पनि भएका छन् । केही तर्क तथा अनुसन्धानहरु निम्नानुसार रहेका छन् ।

सिजरे लोम्ब्रोसो एक इटलियन अपराधशास्त्री हुन् जसलाई आधुनिक आपराधिक मनोविज्ञानका पिता भनेर चिनिन्छ । उनका अनुसार अपराधलाई असर गर्ने मुख्य कुरा भनेको व्यक्तिको जैविक विशेषता नै हो र व्यक्तिको शारिरीक गुणले अपराधिक क्रियाकलापलाई असर गर्दछ जुन कुराको अन्य विद्धानहरुले खण्डन गरेको देखिन्छ ।

सिग्मन्ड फ्रायडको मनोविश्लेषणमा ठूलो योगदान रहेको छ, उनी एक अस्टियन न्यूरोलोजिष्ट हुन् र उनको योगदान मनोविज्ञानमा धेरै रहेको देखिन्छ । उनका अनुसार अपराधलाई असर गर्ने मुख्य कुरा भनेको कुनै पनि व्यक्तिको बच्चा वेलाको अनुभव हो । यदि कुनै व्यक्तिले बच्चामा धेरै नै नराम्रो अनुभव गरेको छ भने उक्त कुरा व्यक्तिको दिमागमा रहिरहेको हुन्छ र ठूलो भएपछि थाहै नपाई यसले अपराधको रुप लिन सक्छ ।

विलियम मारस्टोन एक अमेरीकी मनोवैज्ञानिक हुन् जसले सिस्टोलिक रक्तचाप परीक्षण गरेका थिए जुन पछि गएर आधुनिक पोलिग्राफमा प्रयोग भयो जसले व्यक्तिले झूठो वा साँचो बोलेको परीक्षण गर्ने गर्दछ ।

हेन्स आइज्नेक जसलाई ब्रिटिस मनोवैज्ञानिकका रुपमा चिनिन्छ । उनले मानिसको व्यक्तित्व र अपराधमा सम्बन्ध हुने कुरालाई औंल्याएका छन् । उच्च बाह्य प्रवृति (Extraversion), न्यूरोटिसिजम र निम्न समझदारी (conscientiousness) अपराधसँग सम्बन्धित भएको कुरा अनुसन्धानबाट औंल्याएका छन् ।

आपराधिक मनोविज्ञान भनेको आपराधिक क्रियाकलापमा संलग्न हुनेहरुको व्यवहार यसको कारण, उत्प्रेरणा, अपराधको प्रकृतिको अध्यन गर्ने मनोविज्ञान हो । आपराधिक क्रियाकलापमा संलग्न हुनेहरुको मानसिक स्थितिको अध्ययन गर्ने विधा नै आपराधिक मनोविज्ञान हो ।

डेभिड क्यान्टर एक ब्रिटिस मनोबैज्ञानिक हुन् जसले अनुसन्धात्मक मनोबैज्ञानिक पद्धतिको विकास गरेका हुन् यसमा अपराधको घटनाहरुको अनुसन्धान गर्नको लागि मनोबैज्ञानिक पद्धतिको प्रयोग गरेका छन् । अल्बर्ट बन्दुरा सामाजिक मनोबैज्ञानिक हुन् जसको अनुसन्धानले आपराधिक क्रियाकलाप पत्ता लगाउनको लागि धेरै नै सहयोग गरेको छ । उनको सिद्धान्तलाई मान्ने हो भने अपराधको मुख्य कारक भनेको समाज हो, सामाजिक कारणले गर्दा अपराधको जन्म हुने गर्दछ ।

आपराधिक मनोविज्ञानको महत्वहरु
१) अपराधीको व्यवहार बुझ्न  :आपराधिक मनोविज्ञानको मद्दतले अपराधको व्यवहार बुझ्न, अपराध रोक्न र अपराधी पत्ता लगाउन सहयोगी हुन्छ ।
२) आपराधिक विश्लेषण :   आपराधिक विश्लेषण गर्नको लागि पनि आपराधिक मनोविज्ञानले सहयोग गर्दछ । अपराधको प्रकृति, कारण, अपराधको मनोबृत्ती सबैको लागि आपराधिक मनोविज्ञानले सहयोग गर्दछ ।
३) अपराधीको उपचार : आपराधिक मनोविज्ञानको अध्ययनले अपराधीको उपचार गर्नको लागि सहयोग गर्दछ । मनोवैज्ञानिक पद्धतिको प्रयोगले अपराधीको उपचार गर्न सहयोग
गर्दछ ।
४) अनुसन्धान : आपराधिक मनोविज्ञानको सहयोगले अनुसन्धानमा पनि सहयोग गर्दछ, यसले अपराध के कारणले भयो, व्यक्ति किन अपराधी भयो र अपराधलाई कसरी रोक्न सकिन्छ भनेर विभिन्न कोणबाट अनुसन्धान गर्न सहयोग गर्दछ ।

मनोविज्ञान एक महत्वपूर्ण विषय हो र यसको महत्व दिनानुदिन बढ्दै गइरहेको छ । व्यक्तिको हरेक व्यवहार चाहे त्यो सकारात्मक होस् वा नकारात्मक व्यक्तिको मनोविज्ञानले काम गरिरहेको हुन्छ र यसको अध्ययन गर्ने शाष्त्र मनोविज्ञान हो ।

नेपालमा मनोविज्ञानको अध्ययन गराउने कलेजहरु एकदम सीमित छन र हाम्रा विषयहरु पनि परम्परावादी छन् ।

सिमित स्रोत र साधनको बाबजुद पनि विश्वविद्यालयले जे गरिरहेको छ यसलाइ सराहनीय नै भन्नुपर्छ तर मनोविज्ञान सबैजसो क्षेत्र मेडिकल, व्यवस्थापन, राजनीति, खेलकुद, बजारशास्त्र, व्यवसाय सबैजसो क्षेत्रमा अति आवश्यक हुन्छ तर विश्वविद्यालयले विशेषगरी क्लिनिकल साइकोलोजीलाई विशेष जोड दिएको पाइन्छ अर्थात मनोविज्ञान भनेको क्लिनिकल मात्रै हो भनेर बुझेको भान हुन्छ। एउटा राजनीतिज्ञलाई राजनीतिक मनोविद्को आवश्यकता हुन्छ, एउटा व्यवसायीलाई औद्योगिक मनोविद्को आवश्यकता हुन्छ, खेलकुदमा खेलकुद मनोविदको आवश्यकता हुन्छ र समाजमा अपराधको अनुसन्धान र नियन्त्रण गर्नको लागि आपराधिक मनोविदको आवश्यकता रहन्छ त्यसैले बढ्दो प्रवृधिको युगमा मनोविज्ञानलाई पनि नयाँ नयाँ विषय थपेर यसको आयामलाई फराकिलो बनाउनु जरुरी रहेको छ ।

rajuraut862@gmail.com

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?