
काठमाडौँ – मिटरब्याज पीडितहरुले मंगलबार काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।
‘मिटरब्याज ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति’को आयोजना प्रदर्शन गरिएको हो। त्यसक्रममा उनीहरुले शान्तिबाटिकाबाट नयाँबानेश्वरसम्म र्याली निकालेका थिए।
मिटरब्याजसहित अन्य आर्थिक अपराध नियन्त्रण गर्न नयाँ ऐनको तर्जुमा गर्नुपर्ने उनीहरुको माग छ। तर नयाँ कानुन बनाउने प्रक्रियामा आफूहरुलाई पनि सहभागी गराउनुपर्ने माग सुनुवाइ नभएको उनीहरुको भनाइ छ।
प्रदर्शनका क्रममा उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत मागेका छन्। साथै उनीहरुले आफूहरुको आन्दोलनमा भइरहेकमो प्रहरी दमन बन्द गर्न पनि माग गरेका छन्।