चिया उद्योगका श्रमिकको ज्यालाबारे पुनः विवाद, श्रमिक आन्दोलित

चिया उद्योगका श्रमिकको ज्यालाबारे पुनः विवाद, श्रमिक आन्दोलित
+
-

झापा- पटक-पटक दोहोरिने चिया बगानका श्रमिकहरूको दैनिक पारिश्रमिक विवाद यसपाली पनि उत्कर्षमा पुगेको छ। चिया वगानमा कार्यरत श्रमिक यतिखेर आन्दोलित बनेका छन्।

झापा र इलामका चिया बगानमा कार्यरत करिब ७० हजार श्रमिक उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रेका हुन्। चिया बगानहरूमा अहिले श्रमिकहरू उद्योगीविरुद्ध चर्का नारावाजी गर्दै आएका छन् ।

शनिबारमात्र नेपाल चिया विकास निगम लिमिटेड अन्तर्गतको झापाको बर्ने चिया वगानमा चिया श्रमिकहरूले उद्योगीविरुद्ध नाराबाजी गरेका छन्।

उनीहरूले ‘महंगी बढेको आधारमा ज्याला वृद्धि गर, योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर, पत्ती डबली वृद्धि गर, मजदुर आन्दोलन जारी छ, मजदुर एकता जिन्दावाद, हाम्रो माग पूरा गर’लगायत नारा लगाएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र निकट मजदुर संगठनहरूले उक्त आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्।

बर्ने चिया बगानमा भएको आन्दोलनको कार्यक्रममा एमाले निकट मजदुर नेता सन्तकुमार राईले आइतबारसम्ममा आफ्ना माग पूरा गर्न उद्योगी तथा सरकारलाई अल्टिमेटम दिएको बताए ।

उनले भने, ‘सोमबार हामी जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र दिँदैछौँ। यो आन्दोलन मजदुरको माग सम्बोधन नभइ रोकिँदैन।’

आफ्ना मागका बारेमा असार ५ गते नै उद्योगीलाई अवगत गराइएको र साउन १ गतेदेखि आन्दोलन सुरु गरिएको मजदुरका नेताहरूले बताएका छन् ।

श्रम ऐन, २०७४ अनुसार हरेक श्रमिकले न्यूनतम ज्याला रु पाँच सय ७७ पाउने उल्लेख छ तर, चिया बगान र प्रतिष्ठानले ज्यालाबापत रु चार सय ३७ मात्र दिइरहेका मजदुरहरूको भनाइ छ ।

श्रम ऐन, २०७४ को दफा १० मा भएको व्यवस्थाबमोजिम सेवा र सुविधा हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा अनिवार्य समावेश गरिनुपर्ने, अनिवार्य श्रम सम्झौता गरिनुपर्ने र महँगी तथा अतिरिक्त कामका आधारमा भत्ता दिइनुपर्ने श्रमिक संगठनहरूको माग छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?