पोखरा बसपार्कमा दुई दिनभन्दा बढी सवारीसाधन होल्ड गर्न नपाइने

पोखरा बसपार्कमा दुई दिनभन्दा बढी सवारीसाधन होल्ड गर्न नपाइने
+
-

पोखरा – पोखराको पृथ्वीचोकस्थित बसपार्कमा दुई दिनभन्दा बढी सवारीसाधन होल्ड गर्न नपाइने भएको छ।

आइतबार बसेको जिल्ला सुरक्षा समिति र पोखरा महानगरपालिकाको समन्वयात्मक बैठकले बसपार्कमा दुई दिनभन्दा बढी सवारीसाधन होल्ड गर्न नदिने निर्णय गरेको हो।

दुई दिनभन्दा बढी होल्ड हुनुपर्ने सवारी पार्किङका लागि पोखरा महानगरपालिकाको प्रशासनिक भवन निर्माणस्थल ड्यामसाइड विकल्प दिएको महानगरको यातायात व्यवस्थापन समितिका सहसंयोजक अमृत तिमिल्सिनाले बताए।

स्थानतरण गर्न अटेरी गर्ने सवारी महानगर आफैंले स्थानतरण गरिदिनेछ। तर, स्थानतरणबापतको खर्च सम्बन्धित यातायात व्यवसायीबाट असुल हुनेछ।

‘लामो दूरीमा चल्ने सवारी उही दिन फर्किँदैनन्। बसपार्कमा रहँदा साँघुरो भयो। सवारी नअट्ने भएकाले तिनीहरुलाई वैकल्पिक व्यवस्था गरेको हो’, तिम्लिसिनाले भने।

सुरुमा ड्यामसाइडको प्रशासनिक भवन निर्माणस्थल विकल्प दिएको उनको भनाइ छ। त्यहाँ पनि सवारी नअट्ने अवस्थामा पोखरा प्रदर्शनी केन्द्रलाई विकल्पको रुपमा प्रयोग गरिनेछ।

आइतबारदेखि लामो तथा छोटो दूरीको यातायातलाई पृथ्वीचोकदेखि चाइना पुलसम्म सडकको दायाँवायाँ पार्किङ गर्न रोक लगाइएको छ। जिल्ला सुरक्षा समितिको निर्णयलाई महानगरले कार्यन्वयन गरेको हो।

बसपार्कबाटै सवारीले यात्रु चढाउने र ओरल्ने नियम लागु गरिएको छ। बसपार्कको सुधार नगरीकन पूर्वाग्रही ढंगले निर्णय गरेको भन्दै यातायात व्यवसायीले असन्तृष्टि पोख्न थालेका छन्।

पोखराबाट देशभर छुट्ने सवारीले सडकबाटै यात्रु चढाउने र ओराल्ने गर्दा पृथ्वीचोक अस्तव्यस्त बनेको थियो। पृथ्वीचोकमा रहेको बसपार्क पनि उस्तै अस्तव्यस्त छ।

२०३२ सालदेखि बसपार्कको सपना देखाइए पनि अहिलेसम्म काम हुन सकेको छैन। पानी पर्दा हिलो र घाम लागेपछि धुलोले बसपार्क ढाकिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?