
धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका पोलिटव्यूरो सदस्य ओमप्रकाश पुन पक्राउ परेका छन् ।
मंगलबार बर्दियामा पक्राउ परेका पुनलाई राति नै कैलाली ल्याईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनीविरुद्ध कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रकाश चौधरीमाथि गोली प्रहार गरेको भन्दै प्रहरीमा मुद्धा दर्ता छ ।
मेयर चौधरीमाथि गत फागुनमा उनकै घरमै गोली प्रहार भएको थियो ।
सो क्रममा विप्लवका अन्य चारजना कार्यकर्तालाई पक्राउ गरिएपनि पछि संलग्नता रहेको प्रमाण नभेटेपछि प्रहरीले छोडेको थियो । प्रहरीले गोली प्रहार गरेको ४ महिनापछि पोलिटव्यूरो सदस्य पुनलाई पक्राउ गरेको हो ।
‘मंगलबार राति कैलाली ल्याएर हिरासतमा राखेका छौँ’ प्रहरी उपरीक्षक घिमिरेले भने, ‘मेयरलाई गोली हानेको भन्दै पुन विरुद्ध मुद्धा दर्ता छ । त्यसको लागि आज अदालतमा पेश गर्छौँ ।’