भन्सार छलेर भित्र्याइएको कन्टेनरसहितको ट्रक प्रहरी नियन्त्रणमा

भन्सार छलेर भित्र्याइएको कन्टेनरसहितको ट्रक प्रहरी नियन्त्रणमा
+
-

झापा – भन्सार छलेर नेपाल भित्र्याइएको आशंकामा प्रहरीले मेचीनगर-६ काँकरभिट्टाबाट एउटा कन्टेनर बोकेको ट्रक नियन्त्रणमा लिएको छ।

कन्टेनर बोकेको ना ६ ख ४९०२ नम्बरको नेपाली प्लेटको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले ट्राफिक प्रहरी पोस्ट नजिकैबाट बाजा बजाउने झाम्टा, हुक्का तान्ने सामानको सिसा, साबुनसहित उक्त ट्रक नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय, काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची भन्सार कार्यालय परिसरबाट ५०० मिटर पश्चिम ट्राफिक पोस्ट छेउमा उक्त सामानसहित कन्टेनर नियन्त्रणमा लिएको इप्रका काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिए।

चेकजाँचका क्रममा सो सामानहरूको भन्सार तिरेको रसिद नभएको र चालक फरार रहेकोले गाडी नियन्त्रणमा लिइएको डिएसपी भारतीले बताए।

नियन्त्रणमा लिइएका कन्टेनरमा ७२ हजार मुल्यको कोको जिल ६० कार्टुन, २० लाखको अफजल फेलेवर ८० कार्टुन, ७३ लाख ९५ हजार बराबरको दुई हजार ४ सय ६५ केजी काँसको झाम्टा र १२ हजार ५ सयको २५ कार्टुन बारबरको लुगाधुने तेलीफोन साबुन कन्टेरमा रहेको प्रहरीले जनाएको छ ।

१ करोड १ लाखको सामान र २० लाखको गाडीसहित १ करोड २१ लाख २७ हजार ५ सय मूल्य राखी आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाउन पठाइएको डिएसपी भारतीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?