
चितवन – पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्डमा यातायत सुरुचारी भएको छ । सडकखण्डको घुमाउने भन्ने ठाउँमा बिहीबार बिहान तीन बजेतिर पहिरो गएकाले बाटो अवरुद्ध भएको थियो ।
तर पहिरो हटाएसँगै बिहान १० बजेपछि बाटो खुलेको नारायणगढ– मुग्लिन सडक आयोजनाका सिनियर डिभिजनल इन्जिनियर गोविन्द खनालले जानकारी दिएका छन् ।
निर्माणाधीन यो सडकखण्डमा पानी परेपछि प्राय पहिरो जाने गरेको छ । ट्राफिक प्रहरीले पहिरोका कारण बाटो अवरुद्ध भएकाले तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह पनि गरेको छ ।