
पोखरा- सातौं पोखरा स्पोर्ट्स अवार्डबाट १ लाख रुपैयाँ बचत भएको छ। सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड गत वैशाख २३ गते पोखरामै भएको थियो।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आय व्यय सार्वजनिक गरेको हो। अर्वाड २६ लाख ९९ हजार १२ रुपैयाँ आम्दानी भएकोमा २५ लाख ८७ हजार २ सय ५५ रुपैयाँ खर्च भएको कोषाध्यक्ष कविता घर्ती मगरले जानकारी दिइन्।
उनका अनुसार १ लाख ११ हजार ७ सय ५७ रुपैयाँ बचत भएको छ।
वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी र महिलातर्फको पुरस्कार फुटबलकी सावित्रा भण्डारीले अवार्ड प्राप्त गरेकी थिइन्।
उदीयमान खेलाडीको अवार्ड क्रिकेटका सुवास भण्डारीले थापे। वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड आर्चरीका किशोरकुमार गुरुङले पाए।
लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङका प्रशिक्षक विद्याप्रसाद मर्सानी, वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघ र वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिएको थियो।