आकस्मिक सेवा निःशुल्क सञ्चालन गर्न वीर अस्पतालमै छैन पर्याप्त बजेट

आकस्मिक सेवा निःशुल्क सञ्चालन गर्न वीर अस्पतालमै छैन पर्याप्त बजेट
+
-

काठमाडौं- वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ।

वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अप्रेसनमा महिनौदेखि पालो कुनुपर्ने बाध्यतालाई हटाउन अस्पताल लागि परेको बताए।

उनले त्यसका लागि अस्पतालको क्षमतामा रहेका अप्रेसन थिएटरहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयास गरीरहेको र करारमा जनशक्ती थप्ने योजना रहेको बताए।

अप्रेसनको पालो कुर्नुपर्ने लगायतका समस्या सम्बोधन हुनेगरी बिस्तारित अस्पताल सेवा सञ्चालनका लागि समिति गठन भएको थियो।

समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका कार्यविधि निर्देशिका र अस्पतालले गर्नसक्ने विषयलाई लिएर तयार पारेको प्रतिवेदन अस्पतालले प्राप्त गरिसकेको छ।

डा.पौडेलले ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारणले सेवा सुरु गर्न नसकिएको बताए।

डा.पौडेलले भने, ‘अप्रेसन सेवामा लामो समयसम्म पालो कुनुपर्ने बाध्यता छ, त्यसलाई बिस्तारै हटाउँदैछौं। हाम्रो क्षमतामा रहेका अप्रेसन‍ थिएटरहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयासरत छौं। हरेक दिन हरेक सेवाको अप्रेसन सेवा सञ्चालन गर्नेगरी हामी अगाडि बढेका छौं। ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारणले सेवा सुरु गर्न सकेका छैनौं। बर्न सेन्टरको सुरुवात गर्न खोज्दैछौं।’

आकस्मिक सेवाबापत अघिल्लो वर्ष करिब ८ करोड २० लाख रुपैयाँको छुट उपलब्ध गराइएको तर सरकारले विभिन्न शिर्षकमा १ करोड १५ लाख रुपैयाँ मात्रै दिएको उनले बताए। आकस्मिक सेवातर्फ ५२ शैय्या सञ्चालनमा छ।

आकस्मिक सेवा निःशुल्क गराउन सरकारले तीन करोड बजेट विनियोजन गरे पनि त्यो पर्याप्त नहुने डा. पौडेलकाे भनाइ छ।

अस्पतालले आधारभूत स्वास्थ्य सेवादेखि विशिष्टीकृत स्वास्थ्य सेवा एउटै छानामुनि प्रदान गर्दै आएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष