घरपझोङ गाउँपालिका अध्यक्षसहित ७ जुवाडे पक्राउ

घरपझोङ गाउँपालिका अध्यक्षसहित ७ जुवाडे पक्राउ
+
-

पोखरा- पोखरामा गाउँपालिका अध्यक्षसहित ७ जना जुवाडे तास खेल्दाखेल्दै पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय, बैदामले पोखरा महानगरपालिका-८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ हो।

बिहीबार ४ लाख ४७ हजार रुपैयाँसहित ७ जना जुवाडेलाई नियन्त्रणमा लिएको बैदाम प्रहरी प्रमुख डिएसपी वेद जोशीले बताए।

पक्राउ पर्नेमा मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनसमेत रहेको प्रहरी स्रोतले बताएको छ। उनले पक्राउ परेपछि प्रहरीलाई नाम फरक दिएका थिए।

उनले प्रहरीलाई ५८ वर्षीय मोहन थकाल नाम टिपाएका थिए।

पक्राउ पर्नेमा होटल सञ्चालक मुस्ताङ घोरपझोङ गाउँपालिका-२ का ५७ वर्षीय इन्द्रबहादुर शेरचन, ४६ वर्षीय नवीनप्रसाद थकाली, पोखरा–८ सिर्जनाचोकका ६३ वर्षीय शंकर ज्वारचन, महेन्द्रपुलका ५३ वर्षीय गुञ्ज हिराचन, ५९ वर्षीय दलबहादुर हिराचन रहेका छन्।

पक्राउ परेका जुवाडेमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी जोशीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?