ट्राफिकको चिटले हैरान पोखरेली व्यवसायी !

ट्राफिकको चिटले हैरान पोखरेली व्यवसायी !
+
-

पोखरा – ‘कहिले त हप्तामा एक दिन पनि व्यापार भएको हुन्न। भर्खर गाडी आएर सामान लोड गर्न थाल्यो ट्राफिक आएर ल छिटो छिटो गर्नु नभए ट्राफिक कार्यालयमा हिँड्नु भन्छ। उताबाट कष्टमरले छिटो ल्याउनु भनेर फोन गरेको गरैं हुन्छ’, यो गुनासो फर्निचर व्यवसायी पूर्णशोभा गुरुङको हो।

ट्राफिकसँगको विवादले समयमै सामान लोड गरेर पठाउन नसक्ने उनले बताइन्। ‘विवाद हुँदाहुँदै ट्राफिकले चिट काटेर छोडदियो। कष्टमरको घरमा पुगेर तपाईंको सामान आइपुग्यो गेट खोल्न भन्दा म त बाहिर हिँडे भोलि ल्याइदिनु भन्छ’, उनले सुनाइन्।

ट्राफिक प्रहरी व्यवसायीमैत्री नहुँदा व्यपार गर्नै सकस भएको उनको अनुभव छ। ट्राफिकले पसलबाट सामान लोड गर्नै नदिने उनले बताइन्।

पोखराको न्युरोड, नयाँबजार, चिप्लेढुंगा, महेन्द्रपुलजस्ता व्यस्त चोक र सडकमात्रै होइन भित्री बजारका व्यवसायीको पनि गुनासो पूर्णशोभाको भन्दा कम छैन।

आइतबार आयोजित ‘पोखराको सवारी व्यवस्थापनका चुनौती र सम्भावना’ अन्तरक्रियामा सहभागीहरु। तस्बिरः विनोद ढुंगाना

अधिकांश पोखरेली व्यवसायीको दूखको एउटै स्वर छ, ‘ट्राफिक प्रहरी व्यवसायीमैत्री भएन।’
आर्थिक मन्दीले व्यापार व्यवसाय नै चौपट भएको बेला ट्राफिक प्रहरीले नचाहिँदो दुख दिने गरेको बताउँछन्। ट्राफिकको उचित व्यवस्थापनबिनै गौंडो ढुकेर कारवाही गर्दा आफूहरु मारमा परेको पोखरेली व्यवसायीको आरोप छ।
व्यापार ठप्प भएको बेला प्रत्यक पटक समाना ढुवानी गर्दा ५ सय रुपैयाँको जरिवाना तिर्दातिर्दै हैरान भएको पोखरा

हार्डवयर एशोसियसनका अध्यक्ष पृथ्वीराज शर्मा तिम्लिसिनाले बताए। ‘हार्डवयरका त ढुवानी गर्नुपर्ने सामाग्रीहरु लामा छन्। २०/२२ फुटका पायपहरु हुन्छन्। डन्डी फोल्ड गर्दा पनि २२/२३ फुटको हुन्छ’, उनि भन्छन्, ‘साँघुरा सडकमा ढुवानी गर्दा मिनीबसमा पनि अगाडि पछाडि निस्किन्छ। त्यो ननिकालीकन सम्भव नै छैन। त्यसै चिट काटिन्छ। ५ सय पनि मुनाफा नआउने ठाउँमा चिट काटिन्छ। त्यति व्यावहारिक भएन।’

यी प्रतिनिधि गुनासा मात्र हुन ट्राफिक प्रहरीसँग पोखरेली उद्योगी व्यवसायीको। सवारी चालक मात्रै होइन व्यवसायी पनि ट्राफिक प्रहरीसँग उस्तै आतंकित भएको आइतबार सुनाए।

आइतबार पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको पोखराको सवारी व्यवस्थापनका चुनौती र समाधान विषयक अन्तरक्रियामा कोहि पनि व्यापारी ट्राफिक प्रहरीसँग खुश देखिएनन्। एकातिर आर्थिक मन्दी अर्कोतिर व्यापार गर्न नपाउदै ट्राफिकले हातमा चिट थमाइदिंदा आक्रन्त बनेको व्यवसायीले आक्रोश पोखे। यतिसम्म कि ट्राफिक प्रहरीसँग आजित उनिहरुले समानन्तर ट्राफिक प्रहरी बनाएर ट्राफिकलाई नै कारबाही गर्ने चेतावनीसम्म दिन भ्याए।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका निर्वतमान अध्यक्ष सञ्जिवबहादुर कोइरालाले नियम ट्राफिक कार्यालयको सवारीमा पनि लागु हुनुपर्ने अड्डी कसे। ‘नियम सबैलाई हुनपर्छ। कि ऐन संशोधन गर्दिनुस्। बलेरो, पानीको गाडी, डिष्ट्रिब्युर्टसको गाडीमा तीन सिटमा लेबर, ड्राइभर र सेल्समेन बस्छ। तपाईंहरु कारबाही गर्नुहुन्छ’, उनले भने, ‘हाम्रो भनाइ के हो भने कि ऐन नियम संशोधन गर्दिनुस नत्र हिजो माओवादीले समान्तर सरकार बनाएझै हाम्ले पनि ट्राफिकको समान्तर बनाउँछौं।’

जरिवाना मात्रै समस्याको समाधान नभएको उनको भनाइ छ। ट्राफिक प्रहरीले आनीबानी सुधार्नुपर्नेमा कोइरालाले जोड दिए। प्रतिपश्न गरे चिट काट्छु भनेर धम्की दिने गरेको उनले बताए। ‘प्रधानन्यायधिशलाई प्रश्न राखेभन्दा ठूलो हुन्छ ट्राफिकलाई सोध्न’, कोइरालाले भने।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख इन्सपेक्टर भानु शर्मा भने नियम उल्लंघन भएपछि बाध्य भएर जरिवाना काट्नुपरेको प्रस्टीकरण दिन्छन्। नियम उल्लंघन गर्ने तर चिट काट्ने डरले ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने व्यवसायी नै भएको उनले आरोप लगाए।

नियमविपरीत शुल्क उठाएको प्रमाण पाए आफू मातहातका प्रहरी कर्मचारीलाई ठाउँको ठाउँ कारबाही गर्ने उनको दाबी छ। ‘कसैले पनि अनप्रोफेसनल्ली, अनइथिकल्ली तपाईहरुसँग कुनैपनि नभए किन भएन भनेर प्रश्न गर्नुहोला’, शर्माले भने।
ट्राफिक प्रहरी र व्यवसायीबिच टसल हुनु राम्रो नभएको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताए।

उनले प्रदेशले सच्याउने मिल्ने कमजोरीलाई सुधार गर्ने बताए। ‘सामान्य विषयमा मन्त्रीस्तरीय निर्णय गरेर कार्यविधिमा सच्याए पनि हुनेमा पहिलो चरणमा ड्राफ्ट गरेर सरोकारवालासँग छलफल गर्नुस भनेर कर्मचारीलाई भनेको छु’, उनले सुनाए। यातायात क्षेत्र सुधार्न छुट्टै मन्त्रालयको खाँचो रहेको उनले औल्याए।

असोजदेखि पोखरामा मिटरमा नचल्नेलाई कारबाही स्वरूप अधिकतम १५ हजार रुपैयाँ जरिवाना लिने मन्त्री जुग्जालीले जानकारी दिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?