प्रत्यारोपण केन्द्रका लागि छिट्टै जग्गा खोजेर नयाँ भवन बनाउने स्वास्थ्यमन्त्री बस्नेतको प्रतिबद्धता

प्रत्यारोपण केन्द्रका लागि छिट्टै जग्गा खोजेर नयाँ भवन बनाउने स्वास्थ्यमन्त्री बस्नेतको प्रतिबद्धता
+
-

भक्तपुर – स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि छिट्टै जग्गा खोजेर नयाँ भवन बनाएर सेवा सञ्चालन गरिने प्रतिवद्वता व्यक्त गरेका छन्।

सोमबार केन्द्रको अनुगमनपछि बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले उपयुक्त भवनको अभावमा केन्द्रले प्रदान गर्ने सेवा विस्तार हुन नसेकेकोले जग्गा खोजेर त्यहाँ तत्काल नयाँ भवन बनाएर सेवा विस्तार गर्ने बताएका हुन। मन्त्री बस्नेतले भने, ‘ केन्द्रले मिर्गौला र कलेजोका विरामीलाई प्रदान गरिरहेको सेवा उत्कृष्ठ छ।

भवन अभावमा सेवा विस्तार गर्न सकिरहेको छैन्। केन्द्रका लागि जग्गा खोज्ने र नयाँ भवन बनाउने कुरामा प्रधानमन्त्रीज्यू पनि सकारात्मक हुनु हुन्छ। यो प्रस्ताव म छिट्टै मन्त्रीपरिषदमा लैजान्छु र कार्यान्वयन गर्छु।’ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विरामीहरुलाई प्रदान गरिरहेको सेवा र मिर्गौला तथा कलेजो प्रत्यारोपणमा गरिरहेको उल्लेखनीय कामको तुलनामा राज्यले गरेको लगानी न्युन भएकाले लगानी बढाउन पनि आफु सकारात्मक रहेको मन्त्री बस्नेतले बताए।

केन्द्रले प्रदान गरिरहेको सेवाहरुको विषयमा मन्त्री बस्नेतले निरीक्षण गरेका थिए। मन्त्री बस्नेतलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका मिर्गौला एवं कलेजो प्रत्यारोपण विज्ञ डा। पुकारचन्द्र श्रेष्ठले केन्द्रले प्रदान गरिरहेको सेवा र भौतिक संरचना अभावले विरामीको चाप अनुसार सेवा विस्तार गर्न नसकिरहेको अनुभव सुनाएका थिए।

 केन्द्रको निरीक्षणपछि मन्त्री बस्नेतले विरामीको चापको तुलनामा भवन नभएकाले डायलासिस सेवा समेत बिस्तार गर्न नसकिएकोले स्वास्थ्य मन्त्रालय चाडो भन्दा चाडो जग्गा उपलब्ध गराएर नयाँ भवन बनाउने अभियानमा अगाडि बढेको बताए। केन्द्रका कार्यकारी निर्देशक डा।श्रेष्ठले कम्तिमा पनि ३० रोपनी जग्गा उपलब्ध भए नयाँ भवन बनाएर तत्कालका लागि सेवा विस्तार गर्न सकिने जानकारी दिएका थिए।

मन्त्री बस्नेतले केन्द्र सहित भक्तपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल सहितलाई गाभेर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजनालाई पनि सरकारले अगाडि बढाउने उल्लेख गरे। केन्द्रका निर्देशक डा।श्रेष्ठका अनुसार केन्द्रले स्थापनाको एक दशकमा एक हजार एकसय ६ वटा मिर्गौला प्रत्यारोपण र १३ वटा कलेजोको सफल प्रत्यारोपण गरिसकेको जानकारी गराएका थिए। केन्द्रले बर्षमा ८ सय सर्जरी गर्ने गरेको जानकारी दिदै गत वर्षमात्र केन्द्रमा ५५ हजार विरामीले बहिरंग सेवा लिएको डा। श्रेष्ठले जानकारी दिए।

केन्द्रले अहिले सेवा सञ्चालन भइरहेको भवन भक्तपुर अस्पतालको हो। केन्द्रको आफ्नै भवन छैन। केन्द्रले लामो समयदेखि सेवा विस्तारका लागि जग्गा उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्दै आइरहेको भए पनि अहिलेसम्म त्यो पुरा हुन सकेको छैन।

पूर्वाधार अभावमा केन्द्रले अहिले पनि एक हजार भन्दा बढी मिर्गौला फेल भएका विरामीलाई सेवा दिन नसकेर पालो कुर्नुपर्ने अवस्था छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र नेपाल सरकारको एक मात्र अंग प्रत्यारोपण केन्द्र हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?