
रुपन्देही- बुटवलमा समाजवादी मोर्चा नेपालको सन्देश सभा सुरु भएको छ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मंगलबार दिउँसाे सन्देश सभा सुरु भएकाे हाे।
सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राजकिशोर यादवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता मनिकर कार्कीले जानकारी दिए।
प्रधानमन्त्री दाहाल मंगलबार सदनमा सांसदहरुसँग प्रश्नोत्तर गरेर सकेलगत्तै हेलिकोप्टरबाट बुटवल सम्मेलन केन्द्र पुगेका छन्।
थप तस्बिरहरू: सिपी खनाल/देश सञ्चार