
काठमाडौं – ललितपुरस्थित अल्का अस्पतालले धापाखेलका ७ जना अपाङ्गता भएका व्यक्तिलाई ह्विल चेयर प्रदान गरेको छ।
अल्का अस्पताल र अल्का पोलिक्लिनिक प्रालि सातदोबाटोले धापाखेलमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा प्रदेश नम्बर ३ की सांसद देवकीवान्तवाले ह्विल चेयर प्रदान गरेकी हुन्।
पुर्ण गोपाल श्रेष्ठ, बासुदेव खड्का, गितामालाकार, तारा महर्जन, संझना कार्की, गोमा खत्री र पवित्रा ज्ञवालीलाई सांसद वान्तवाले ह्विल चेयर प्रदान गरेकी हुन्।
स्वास्थ्य शिविरलाई लाइन्स क्लव अफ काठमाडौं अल्का, लियो क्लव काठमाडौं अल्का र नागदहपर्यटन सहकारीले सहयोग गरेका थिए।
शिविरमा स्त्रीरोग, बाथ, दन्त, नाक, कान घाँटी रोग विशेषज्ञ र जनरल फिजिसियनले तीन सय विरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै निशुल्क रुपमा औषधि प्रदान गरिएको थियो।
अस्पतालकी कार्यकारी निर्देशक विद्या श्रेष्ठले अस्पतालका सामाजिक दायित्व अन्तर्गत आफुहरुले स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिइन।