गाउँ–गाउँमा जनचेतना फैलाउँदै बिमा प्राधिकरण

गाउँ–गाउँमा जनचेतना फैलाउँदै बिमा प्राधिकरण
+
-

सिमकोट – बिमा क्षेत्रको सेवा विस्तार गर्न हुम्लामा अभिमुखीकरण कार्यक्रम गरिरहेको छ।

दूरदराजमा बिमाको पहुँच वृद्धि गर्न नेपाल बिमा प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतको समन्वय र सिमकोट गाउँपालिकाको आयोजनामा यो कार्यक्रम गरिएको हो।

कार्यक्रममा सर्वसाधारणलाई कसरी बिमाको पहुँचमा ल्याउने, बिमाको महत्व, उपयोगिता, फाइदाबारे जानकारी गराउन सर्वसाधारणसँग अभिमुखीकरण गरिएको हो।

बिमा भर्न आउने नागरिकलाई बिमाको विषयमा बताउने, बिमाका प्रकारलगायत विषयमा जानकारी गरिएको थियो। नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख पदमप्रसाद सोडारीले बिमाको पहुँच बिस्तार गर्नका लागि पहिलो पटक प्राधिकरण जिल्लामा आएर कार्यक्रम सञ्चालन गरेको जानकारी दिए।

उनले सिमकोट गाउँपालिकामा सो अभिमुखीकरण सकिएको र नाम्खा गाउँपालिकामा गर्न लागेको बताए। जिल्लावासी सबैलाई बिमाको गर्ने वातावरण तयारीमा लाग्नका लागि प्रोत्साहित गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउदै उनले बिमा गरेर आफ्ना बचत र सुरक्षाको सुनिश्चितता गर्न आग्रह गरे।

कार्यक्रममा सहभागीले राखेको प्रश्नको जवाफ प्रदेश कार्यालय प्रमुख सोडारीले दिएका थिए। हुम्लाजस्तो दुर्गम जिल्लामा आएर बिमासँगै कृषि बिमाको पनि जानकारी दिइनेछ।

दुर्गम जिल्ला भएको कारण दूरदराजको वस्तीमा अहिले पनि बिमाको पहुँच नपुगेको कारण त्यसलाई बिस्तार गर्न आवश्यक छ। सो कार्यक्रम प्राधिकरणले नाम्खा गाउँपालिकामा पनि बिहीबार सञ्चालन हुँदै छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?