छोटो अवधि, अभावमा प्रशिक्षणः पदकको आस ! (भिडियो)

+
-

पोखरा – असोज ६ देखि २१ गतेसम्म चीनको हाङझाउमा हुने १९ औं एसियाडमा नेपाली आर्चरीले चौंथो पटक प्रतिस्पर्धाको मैदान उत्रँदै छ।

एसियाको खेलकुम्भ एसियाडमा आर्चरीका १० इभेन्टमा प्रतिस्पर्धा हुनेछ। नेपाली खेलाडीले भने ६ इभेन्टमा मात्रै प्रतिस्पर्धा गर्नेछन्। खेल सामग्रीको अभाव खेपेर प्रशिक्षणरत खेलाडीले यसपालि खेलमा सुधार गर्दै पदक जित्ने लक्ष्य लिएका छन्।

१९ औं एसियाडमा प्रतिस्पर्धा गर्ने आर्चरीका ४ जना खेलाडी यतिबेला पोखरा रंगशालाको आर्चरी मैदानमा बन्द प्रशिक्षणमा व्यस्त छन्। एक महिना काठमाडौंमा प्रशिक्षण गरेपछि साउन १ गतेदेखि उनीहरू पोखरा आएका हुन्।

पुरुषतर्फ नेपाल पुलिसका तिलक पुन मगरसँगै गण्डकी प्रदेशका योगेन्द्र शेरचन र महिलातर्फ नेपाल आर्मीकी मञ्जु बजगांई र इमायु राइले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछन्। तिलकबाहेक तीनै जनाको एसियाडमा डेब्यु सहभागिता पनि हो।

आर्चरीका प्रशिक्षक बसन्त थकालीका अनुसार एसियाडमा आर्चरीको रिकर्भ विधामा मात्रै सहभागी नेपालले यसपालि कम्पाउन्ड विधामा पनि डेब्यु खेल्दै छ। रिकर्भ विधामा तिलक र मन्जुले प्रतिस्पर्धा गर्नेछन्। कम्पाउन्डमा योगेन्द्र र इमायु भिड्नेछन्। व्यक्तिगतसँगै मिक्सड इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्।

बन्द प्रशिक्षणरत आर्चरीका खेलाडीलाई एकातिर पोखराको बद्लिरहने मौसमले साथ दिएको छैन। अर्कोतर्फ निकै छोटो अवधिको बन्द प्रशिक्षणमा खेल सामग्रीको अभाव भोग्नुपरेको प्रशिक्षक थकाली बताउँछन्।

‘एसियन गेम्समा जानु छ। २/३ महिनाको प्रशिक्षण अवधि छोटो हो। त्यैमाथि हामीलाई सबै कुराको अफ्ठ्यारो छ। पानी आइरहन्छ’, उनी भन्छन्, ‘इकुपमेन्टको कुरा पनि कमजोरी नै छ। जेनतेन हामीले पुर्‍याएर प्रशिक्षण गरिरहेका छौ।’

कति सामग्री त खेलाडी आफैंले किनेर ल्याएको उनले बताए। सिंगापुर, भारतबाट खेलाडी आफैंले सामान मगाएको उनको भनाइ छ।
‘एरोहरू बल्ल आउँदैछ। जति इकुपमेन्ट पायौं त्यसबाट पनि केही गर्छौं भनेर खेलाडी लागिपरेका छन्’, थकालीले सुनाए।

आगामी असोज १४ देखि २० गतेसम्म एसियाडमा आर्चरीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। तर, राष्ट्रिय खेलकुद परिषद्ले अझै पर्याप्त खेल सामग्री उपलब्ध गराउन सकेको छैन। र यो खेल सामग्रीको अभाव नेपाली खेलकुदमा नौलो होइन। त्यसमाथि पनि खेल सामग्रीलाई निकै मंहगो पर्ने आर्चरीमा। प्रशिक्षणमा खेल सामग्रीको अभाव नतिजामा देखिने भय खेलाडीमा देखिन्छ।

खेलाडी इमायु राइ पर्याप्त सामग्री नहुँदा प्रशिक्षणलाई प्रभाव पारेको बताउँछिन्। ‘नयाँ इकुपमेन्टसँग तालमेल मिलाउन घटीमा पनि एक महिना लाग्छ। नयाँ सामानको हरेक आनीबानी थाहा पाउन जरुरी हुन्छ’, उनले भनिन्, ‘आफ्नो एरो कहाँ लाग्छ ? कस्तो छ ? त्यसको लागि समय चाहिने हुँदा समयमै सामग्रीहरू नआइदिँदा खेललाई एकदम धेरै प्रभाव पार्छ।’

आर्चरी संघले बारम्बार खेल सामग्रीको अभावबारे जानकारी गराए पनि उपलब्ध नभएको गुनासो उनको छ। छोटो समयको प्रशिक्षणले धपरी भइरहेको उनले बताइन्।

‘अन्तिम समयमा आएर हामीले इकुपमेन्टलाई सेटअप गरेर सब ओके हुनुपर्ने टाइमिङमा जोडतोडका साथ ट्रेनिङ गरिरहेका छौं’, इमायु भन्छिन्, ‘जो अलि गलत हुन्छ। किनभने यसमा हाम्रो मसल इन्जुरीहरू हुने चान्सेस एकदमै धेरै छ। अन्तिम समयमा यो भएन। त्यो भएन प्रेसर छ सब एकैचोटि मिलाउनुपर्छ।’

नेपाली आर्चरीले ब्राजिलको रियो ओलम्पिकमा समेत सहभागिता जनाएको छ। यसअगाडि १६ औं एसियाडमा नेपालले क्वाटरफाइनल खेलेको भन्दा अरु इतिहास छैन। यसपालि सेमिफाइनलसम्मको यात्रा तय गरेर नयाँ इतिहास रच्ने कम्पाउन्डमा प्रतिस्पर्धा गर्ने खेलाडी योगेन्द्र शेरचनले बताए।

‘हामीले यो पटक अपेक्षा गरेका छौं। सेमिफाइनलसम्म जाने हाम्रो लक्ष्य छ। सेमिफाइनल जानु भनेको नै मेडलको लागि प्रतिस्पर्धा गर्नु हो’, उनले भने।

‘समयमै खेल सामग्री उपलब्ध गराइदिएको भए खेलमा अझै सुधार गर्न सकिन्थ्यो’, उनलाई लागेको छ। बो, एरोलगायत सामग्री आफैंले किनेर प्रशिक्षण गरेको शेरचनले बताए। उनले भने, ‘अहिले परिषद्ले पनि मगाएको छ। प्रशिक्षणको सुरुदेखि नै खेल सामग्री पर्याप्त हुनपर्ने हो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?