नेविसंघ अध्यक्षले धम्क्याएपछि आफूले अनशन तोडेको इन्जिनियरिङका विद्यार्थीको दाबी

नेविसंघ अध्यक्षले धम्क्याएपछि आफूले अनशन तोडेको इन्जिनियरिङका विद्यार्थीको दाबी
+
-

काठमाडौँ-  इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा आमरण अनशनमा बसेका नेपाल विद्यार्थी संघका नेता सुलभ चापागाईंले धम्कीका कारणले अनशन तोड्न बाध्य भएको बताएका छन्। शुल्क बृद्धिको निर्णय तत्कालका लागि फिर्ता लिएपछि आमरण अनशन स्थगन गरेका चापागाईँले आफूले दबाबमा परेर अनशन तोडेको बताएका छन्।

उनी नौ दिनदेखि अनशनमा थिए।

त्रिवि पदाधिकारी र विद्यार्थी संगठनहरुबीच बुधबार भएको सहमतिमा इन्जिनियरिङ अध्ययन संस्थानका डिन सहभागी नभएको भन्दै चापागाईँले आपत्ति प्रकट गरेका छन्।

यसबारे आफूले नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई जानकारी गराएको तर अध्यक्ष शेर्पाले आफू र आफूलाई सहयोग गरेकाहरुलाई धम्की दिएर अनशन तोडाएको चापागाईँको जिकिर छ।

उनले आफूलाई धम्कीपूर्ण गालीगलौज सहित भौतिक दुर्व्यवहार गरी अनशन तोड्ने परिबन्दमा पारिएको दाबी गरेका छन्।

‘म स्वयंले असुरक्षित महसुस गरेर राति करिब १२ बजेतिर वीर हस्पिटलको क्याबिन नं. ३०९ बाट निस्केको थिएँ, तसर्थ, हामी सबैको सुरक्षाको माग गर्दै नेपाल सरकार, नेपाली कांग्रेस पार्टी, प्रहरी प्रशासन र सम्पूर्णको ध्यानाकर्षण गर्न चाहन्छु,’  उनले लेखेका छन्।

यस्तो छ उनले लेखेको स्टाटस:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष