साढे आठ वर्षपछि तातोपानी नाका खुल्दा स्थानीय र व्यवसायी खुसी

साढे आठ वर्षपछि तातोपानी नाका खुल्दा स्थानीय र व्यवसायी खुसी
+
-

नेपाल–चीन उत्तरी सीमा तातोपानी नाका आजबाट मानिसहरुका लागि आवतजावत खुला भएको छ ।

साढे आठ वर्षपछि मानिस आवतजावतका लागि शुरु भएको हो । यससँगै तातोपानी लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएकाहरु शुक्रबार चीन प्रवेश गरेका छन् ।

बिहान ८ बजे सिन्धुपाल्चोक सीमा क्षेत्रका बासिन्दाहरुका १ सय २८ पास जारी भएको छ भने कतिपय नेपाली नागरिक चिनियाँ भागको पुल बजारसम्म पुगेका छन् ।

चीन प्रवेश गरेका केही नेपालीहरुले भने फर्कंदा आबश्यक पर्ने घरायशी सामन लिएर आएका छन् । शुक्रबार चीनतर्फ जान १ सय २८ जनाको पास जारी भएको अध्यगन कार्यालयले जनाएको छ ।

सीमाक्षेत्रमा बस्ने नेपाली र चिनियाँ १ सय ८ जना नेपाल आएका छन् । त्यस्तै पासपोर्ट प्रयोग गरेर नेपालतर्फ दुई जना आएका छन् भने नेपालबाट तीन जना चीन गएका छन् ।

विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो । नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो ।

भूकम्पबाट सृजित कठिनाइ पन्छाएर सिमितरुपमा मात्रै सञ्चालन भएको नाका वि.सं.२०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि पुनःबन्द भएको थियो ।

नाका खुलेसगै सीमा क्षेत्रका स्थानीय र व्यावसायीमा खुशी छाएको छ ।

चीनबाट सिमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुलेलगत्तै नेपाल सरकारले नाका खोल्न कुटनीतिक पहल गर्दै आएको थियो ।

केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

नाका खुलेसँगै सीमा क्षेत्रका स्थानीय र नाकाबाट व्यावसायि गर्नेहरु खुशी भएका छन् । चिनियाँपक्षले आफ्नो भगको पुल बजारमा पसलहरु समेत सञ्चालन गरिसकेका छन् ।

नाका खुलेपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दैै तातोपानी नाकाका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले चिनियाँ पक्षले नेपाल जोड्नका लागि यो नाकालाई उच्च प्राथमिकता दिएकाले क्रमिक रुपमा पूर्ण रुपमा सञ्चालन हुने सन्देश दिएको बताए।

उनले पर्यटक भिसामा आउनेलाई ल्हासासम्मै जान दिने र स्थानीइलाई बिस्तारै खासा बजारसम्म जान दिने बताए।

उनले खासामा व्यवसायीहरुलाई गोदाम राख्न नदिने, कारणले व्यापारीलाई सामान लोड गर्न जान नदिएका कारण व्यापारमा खासै ठूलो असर नपर्ने बताए।

उनले खासासम्म सामान लोड गर्न व्यवसायी र ट्रक कन्टेनरहरुलाई जान दिँदा धेरै नै सहज हुने बताए।

तिब्बतमा नेपाली सामानको माग बढ्दै जाँदा निर्यात बढ्दै जाने बताए।

चिनियाँ पक्षको सकारात्मक पहल भइरहेकाले हल्लामा मात्रै नभइ वास्तविक रुपमा नै नाका सुसञ्चालन हुने आशा गरेको बताए।

त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुबहादुर खत्रीले व्यवसायीहरुले धेरै पहल गर्दापनि दुई देशबीचको छलफल राम्रो नहुँदा नाका खुल्न नसकेपनि अहिले पुनः सञ्चालन हुँदा खुशी लागेको बताए।

उनले नाका सुसञ्चालन हुनेमा ढुक्क रहेको र यसले पर्यटकका लागि सहज भएको बताए।

उनले सबैकुरा व्यवस्थित भएपछि स्थानीयले सामान ल्याएर व्यापार गर्ने स्थिति सिर्जना भएको बताए।

व्यापारीहरु चीनबाट सामान ल्याउँदा व्यवसाय उक्सिने र व्यवसाय गरेरै जीवनयापन गर्नसक्ने स्थिति बन्ने बताए।

उनले सरकारले मूल्यांकनको हिसावमा आउनुपर्ने सामान (एलसी) बाटै सामान आउनुपर्ने बताए। नेपाल सरकारले मनपर्दी रुपमा मूल्यांकन राखेको बताए।

त्यस्तै नेपाल ट्रक कन्टेनर ढुवानीका अध्यक्ष अर्जुनबहादुर सापकोटाले आठ वर्षपछि आफै चीनमा गएर सामान किनेर आएको र अब दैनिक रुपमा जान पाउने कुराले खुशी बनाएको बताए।

उनले नेपाल र चीन सरकारले बिस्तारै नाका खुलाउँदै जाँदा व्यपार, व्यवसाय सहज बन्ने बताए।

उनले कन्टेनर चीनको खासा बजारसम्मै पूग्न नपाउँदा केही कठिनाइ भएको बताए।

उनले पहिलाकै अवस्थामा नाका सञ्चालन हुन नेपाल सरकारले आफ्नो भुमिका निभाउनुपर्ने र सरकारले यो बीचमा आवश्यक पहल नगरेको बताए।

त्यस्तै व्यवसायी दोर्जे लामाले स्थानीयलाई नाका खुलेपछि धेरै सहज हुने बताए।  उनले अबबाट स्थानीयहरु जो कोही पनि नाकापारी गएर सामान किन्न पाउनुपर्ने बताए। उनले स्थानीयहरुलाई विशेष सुविधा दिनुपर्ने बताए।

उनले तत्कालका लागि सामान किनेर ल्याउन पाउने र आफ्नो गुजारा चलाउन पाउनुपर्ने बताए। उनले नाका खुलेसँगै स्थानीयलाई धेरै सुविधा हुने विश्वास व्यक्त गरे।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष