४ वर्षपछि एक-अर्का विरुद्ध भिड्दै भारत-पाक, एसिया कपमा १४ औं पटक प्रतिस्पर्धा हुँदै

४ वर्षपछि एक-अर्का विरुद्ध भिड्दै भारत-पाक, एसिया कपमा १४ औं पटक प्रतिस्पर्धा हुँदै
+
-

एसिया कपको सर्वाधिक सफल टोली भारतले औपचारिक रूपमा जारी संस्करणको एसिया कपको सुरुवात शनिबारबाट सुरु गर्दै छ। श्रीलंकाको केन्डीमा हुने खेलका लागि भारत र पाकिस्तान दुबै टिम प्रतीक्षारत रहेका छन्।

यी दुई टिम ४ वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा हुन लागेको हो। दुई टिमबीच एकदिवसीय अन्तर्राष्ट्रियमा पछिल्लो पटक २०१९ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो।

भारतीय टिमले सर्वाधिक धेरै ७ पटक एसिया कपको उपाधि जितेको छ। वर्तमान कप्तान रोहित शर्माले आफ्नो कप्तानीमा २०१८ पछिल्लो पटक टिमलाई एसिया कपको उपाधि दिलाएका थिए।

आज दिउँसो ३:१५ बजे सुरु हुने खेल भारतका लागि पहिलो हो। पाकिस्तानले भने नेपाललाई पराजित गर्दै एसिया कपमा राम्रो सुरुवात गरिसकेको छ।

पाकिस्तानले भारत विरुद्ध पनि एकदिन अगाडि नै प्लेइङ ११ घोषणा गरिसकेको छ। भारतीय टिमले भने टसको समयमा आफ्नो अन्तिम ११ सार्वजानिक गर्ने छ।

वर्षाको सम्भावना कति?

फरक-फरक वेदर वेबसाइटलाई आधार मान्ने हो भने शनिबार खेलको समयमा बादल छाउने छ। साथे खेलमा वर्षाको सम्भावना ८४ प्रतिशत रहेको छ।

हेड टु हेड

समग्र भारत र पाकिस्तानबीच कुल १३२ एकदिवसीय खेल भएको छ। भारतले ५५ खेलमा जित निकाल्दा पाकिस्तानले ७३ खेलमा जित हासिल गरेको छ। ४ खेल नतिजाविहीन रहेको छ।

एकदिवसीय एसिया कपमा पछिल्लो पटक २०१८ मा यी दुई टिम भिडेका थिए। जतिबेला दुई खेल भएको थियो र दुबै खेलमा भारत विजयी भएको थियो।

एसिया कपमा यी दुई टिमबीच कुल १३ खेल भएका छन् जसमा भारतले ७ खेलमा जित निकाल्दा पाकिस्तानले ५ खेल जितेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष