करातेको बागमती अध्यक्षमा लामा

करातेको बागमती अध्यक्षमा लामा
+
-

चितवन- नेपाल सितोरियो कराते संघ बागमती प्रदेशको अध्यक्षमा गगन लामा चयन भएका छन्।

संघको शनिबार सम्पन्न प्रथम अधिवेशनले लामालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।

संघका अन्य पदाधिकारी तथा सदस्य नवनिर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ। अधिवेशनले केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गर्ने सात प्रतिनिधि पनि चयन गरेको छ।

सोमा प्रकाश मोहन धौभडेल (भक्तपुर), दीपक श्रेष्ठ (ललितपुर), ज्ञानबहादुर जिम्बा (काठमाडौँ), विजय गुरूङ (नुवाकोट), राधिका देउला (भक्तपुर), दीपक लामा (मकवानपुर) र दावा तामाङ (रसुवा) रहेका छन्।

नेपाल सितोरियो कराते संघ केन्द्रीय अध्यक्ष दावा गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सदस्य कल्पना पौडेल खड्का, सङ्घका केन्द्रीय उपाध्यक्ष मझिन्द्र सिंह तथा बागमती प्रदेशका १३ जिल्लाका अध्यक्ष तथा प्रतिनिधि उपस्थित थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष