
काठमाडौँ- भारतमा शनिबारदेखि विकसित देशहरुको दुईदिने शिखर सम्मेलन जी २० सुरु हुँदै छ।
नयाँ दिल्लीमा हुने यो दुईदिने शिखर सम्मेलनमा नेपालजस्तो देशहरुको आर्थिक, जलवायू परिवर्तन तथा वैदेशिक सहयोग सम्बन्धी नीतिहरुको पक्षमा निर्णय गर्न गराउन दबाब दिन नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले सांकेतिक रुपमा खबरदारी तथा शान्तिपूर्ण प्रदर्शन गरेको छ।
राजधानीको नक्साल नारायणचौरमा शुक्रबार उक्त संस्थाले खबरदारी तथा शान्तिपूर्ण प्रदर्शन गरेको हो।
एशियाका विभिन्न देशहरुमा एकैपटक सांकेतिक रुपमा खबरदारी गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो।
देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका केही तस्बिरहरु:






