ड्रक एयरको चार्टड उडान पोखरा आउँदै

ड्रक एयरको चार्टड उडान पोखरा आउँदै
+
-

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो अन्तर्राष्ट्रिय उडान हुने भएको छ। शनिबार बिहान भुटानको पारो विमानस्थलबाट ड्रक एयरको विमानले चार्टड उडान भर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुनेछ।

मौसममा खराबी नआए शनिबार बिहान पौने ७ बजे ड्रक एयरको जहाज पोखरामा अवतरण गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवचन्द्रलाल कर्णले बताए।

‘एक घण्टा बसेर जहाज भुटान उड्नेछ’, कर्णले भने। उनका अनुसार पोखराबाट ४२ जना यात्रु लिएर भुटानको उडान भर्नेछ। उताबाट ४ जना यात्रु लिएर पोखरा ओर्लने छ।

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय चार्टड उडान भएको यो दोस्रो पटक हो। यसअगाडि चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको विमानले चार्टड उडान गरेर अन्तर्राष्ट्रिय उडानको सुरुआत गरेको थियो।

यसअघि असार ६ गते सिचुआन एयरलाइन्सले चार्टड उडान भरेको थियो। असार ८ र ९ गते पोखरामा पहिलो पटक भएको ‘नेपाल–चीन ड्रागन बोटरेस फेस्टिबल’मा सहभागी हुन आएका खेलाडी र चिनियाँ पाहुना लिएर आएको जहाज रित्तै फर्किएको थियो।

पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको पोखरा विमानस्थलबाट यी २ चार्टड उडाज बाहेक घरेलु उडानमै सीमित छ। उद्घाटनको ७ महिनासम्म पनि नियमित अन्तर्राष्ट्रिय उडानको अझै टुंगो छैन।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणमा अन्तर्राष्ट्रिय उडानका लागि पहल थाल्न पोखरेलीले एजेण्डा बनाउन सुझाएका छन्। प्रधानमन्त्री दाहालले पनि पोखरामा भएको समाजवादी मोर्चाको सन्देश सभामा अन्तर्राष्ट्रिय उडान सुरु गर्न चीन भ्रमणको बेला पहल थाल्ने आश्वासन दिएका थिए।

झन्डै २२ अर्ब रुपैयाँ लागतमा बनेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु नहुँदा लगानी नै जोखिममा परेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?