
काठमाडौँ – ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गर्ने २ जना अपहरणकारी इन्काउन्टरमा मारिएपछि प्रहरीले अहिले घटनास्थलको मुचुल्का तयार पारिरहेको छ।
अपहरणकारीको पिछा गर्ने क्रममा भक्तपुरको सूर्यबिनाय स्थित गणेशस्थानको जंगलमा प्रहरी इन्काउन्टरमा २ जना मारिएको प्रहरीले बताएका थिए।
प्रहरीलाई देखेपछि अपहरणकारीले गोली प्रहार गरेको र आत्मरक्षाका लागि जवाफी फायर गर्दा २ जनालाई गोली लागेर उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले दाबी गरेको छ ।
गोली लागेर मारिनेमा अपहरणमा संलग्न गोपाल तामाङ र अजय तामाङ रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा अहिले ठूलो संख्यामा स्थानीय बासिन्दा भेला भएका छन्।