सडकले नासिँदै पदमार्ग, जोखिममा लगानी

सडकले नासिँदै पदमार्ग, जोखिममा लगानी
+
-

पोखरा – २८ दिने पदयात्राको प्याकेज बन्ने विश्वप्रसिद्ध ट्रेकिङ रुट अन्नपूर्ण फेरो अहिले ५ दिनमा खुम्चिएको छ। कारण, डोजरे विकासले मनाङको खाङसारसम्म पुगेको सडक।

लमजुङबाट सुरु गरेर मनाङ, मुस्ताङ, म्याग्दी हुँदै कास्की आएर सकिने यो रुटको मुस्ताङसम्म पनि सडक उक्लिएको छ। अन्नपूर्ण आधार शिविर (एबिसी) सम्मको पदयात्रा पनि उसैगरी छोटिएको छ। १५ दिनसम्म पदयात्रामा पर्यटक भुल्ने यो रुट पनि सडकको विस्तारसँगै ५ दिनमा घटेको छ।

हिमालको फेदसम्मै अनावश्यक रुपमा खनिएका सडकले एकातिर प्राकृतिक रुपमा विनाश निम्ताएको छ। अर्कोतर्फ, नेपाली पर्यटनको महत्वपूर्ण आधार मानिने पदमार्गलाई छिन्नभिन्न बनाइदिएपछि पर्यटको संख्या घट्दै छ।

ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीका पूर्व अध्यक्ष टिकाराम सापकोटा सडक पुगेसँगै अन्नपूर्ण फेरोमा पुग्ने पर्यटक घटेको बताउँछन्।

‘ट्रेकिङको महत्व निकै छ। यसले पर्यटकको बसाँइ लम्बाउँछ। ग्रामिण परिवेशमा टेवा पुर्‍याउँछ’, उनी भन्छन्, ‘नेपालको सन्दर्भमा ट्रेकिङको आफ्नै महत्व छ। मौलिकता हो। अहिले बिग्रदैछ, हामीले बिगार्दैछौँ।’ सडक आवश्यक नै नभएको ठाउँमा सडक पुर्‍याइएको उनको भनाइ छ।

जहाँ पदयात्रा छ त्यहीँ डोजर चलेको उनले उल्लेख गरे। ‘जहाँ पदयात्रा छ, त्यहाँ बाटो नलगिकन अन्य ठाउँबाट बाटो लगेर गाउँहरु जोड्या’भा पनि हुन्थ्यो नि’, उनले भने, ‘जहाँ सिँढी छन्, जहाँ झोलुङ्गे पुल छन्, त्यही भत्काएर बाटो बनाइयो।’ सरकारले पदमार्ग जोगाउने नीति लिनुपर्ने उनको भनाइ छ।

सापकोटासँग सहमत छन् ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) का केन्द्रीय उपाध्यक्ष धनबहादुर गुरुङ। उनले करोडौं लगानी गरेर बनाएको पदमार्ग खण्डर भएको बताए।

‘जति पनि रुट छन्, खण्डहर भएका छन्। करोडौं लगानी गरेर पदमार्गहरु त्यही डोजर चलाएको छ’, उनले भने, ‘जति पनि हाइड्रोपावर छ, विज्ञबिना काम गर्दा पर्यटनका लागि सम्भवना भएका क्षेत्रलाई खण्डहर बनायो।’ उनले खनेका सडक स्तरोन्नती नगरीकन ट्रयाक खोल्ने काम मात्रै भइरहेको बताए।

पदमार्गको रुट छिन्नभिन्न भएर यात्रा छोटिँदा पर्यटन नै सिद्धिने भय पर्यटन व्यवसायीमा छ। तीनै तहका सरकारले सडक विस्तारको नाममा पदमार्गलाई क्षति पुर्‍याइरहेको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गोपीबहादुर भट्टराईले बताए।

‘ट्रेकिङ रुटमा डोजर लगाउँदा समस्या भो। ट्रेकिङ मासिए पर्यटन सकिन्छ’, उनले भने, ‘ट्रेकिङ ट्रेल बचाउन सकिएन भने पर्यटनमा गरेको हाम्रो लगानी सिद्धिन्छ।’ उनले केही वर्ष अगाडिसम्म ट्रेकिङ रुट रहेको स्थान अहिले मोटर बाटोको रुट भएकोमा चिन्ता व्यक्त गरे।

ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीको २३ औं वार्षिक साधारणसभामा बोल्ने अधिकांश सरोकारवालले सडक विस्तारले नासिँदै गरेको पदमार्गप्रति चिन्ता जनाए। पदयात्रा नेपालको पर्यटनका लागि मौलिक ब्रान्ड भए पनि त्यो ध्वस्त हुँदै जाँदा तीनै तहको सरकार मौन रहेकोमा आपत्ति जनाए।

कोरोनापछिको आर्थिक मन्दीले शिथिल बनेको पर्यटन क्षेत्रलाई उकास्न सरकारले नीति बनाएर पूर्वाधार र प्रवर्द्धनमा जोड दिनुपर्नेमा व्यवसायीको एकमत छ।

पदयात्रा छोटिन थालेपछि गण्डकीमा पदयात्रा गर्न आउने पर्यटक डाइभर्ट भएका छन्। अन्नपूर्ण फेरोलगायतका पदमार्गमा आउने पर्यटक सोलुखुम्बुतर्फ सोझिन थालेका छन्।

भएका पदमार्ग बचाउने र नयाँ रुट पत्ता लगाउन गम्भीर रहेको गण्डकी प्रदेशका पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापाले बताए। उनले पदमार्ग खुम्चिएको बताउँदै भने, ‘विकास निर्माणको पूर्वाधारले पदमार्ग धेरै खुम्चाइएको विषयमा हामी गम्भीर छौँ।’

पर्यटकीय क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ? प्रदेश सरकार लागिरहेको मन्त्री थापाको भनाइ थियो। ‘पदमार्गलाई कसरी विस्तार गर्न सकिन्छ? महिनौं दिनको पदयात्रा कसरी बनाउन सकिन्छ प्रदेश सरकार लागेको छ’, उनले भने। ३/४ दिनभन्दा पनि पदयात्रामा पर्यटकलाई महिनौंसम्म भुलाउन आवश्यक रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?