कोहली र राहुलको शतकमा पाकिस्तानलाई भारतको कीर्तिमानी लक्ष्य

कोहली र राहुलको शतकमा पाकिस्तानलाई भारतको कीर्तिमानी लक्ष्य
+
-

काठमाडौं- एसियाकप क्रिकेट अन्तर्गत सुपर-४ को आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानलाई ३ सय ५७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

विराट कोहलीको कीर्तिमानी शतक र केएल राहुलको सानदार पुनरागमन शतकमा भारतले पाकिस्तानलाई उच्च लक्ष्य दिएको हो। भारतले पाकिस्तान विरुद्ध ३ सय ५६ रन बनायो जुन एकिदवसीय अन्तराष्ट्रियमा पाकिस्तान विरुद्ध भारतको यो सर्वाधिक स्कोर हो। राहुल करिब साढे पाँच महिना पछि भारतीय राष्ट्रिय टिममा पुनरागमन गर्दै सानदार शतक बनाउन सफल भए।

यसअघि आइतबार २४.१ ओभरमा  २ विकेट गुमाएर भारतले १ सय ४७ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो। सोमबार त्यही स्कोरबाट अघि बढेको खेलमा कोहली र राहुलले दोहोरो अविजित शतकीय साझेदारी गर्दै टिमलाई उच्च स्कोरमा पुर्‍याए।

कोहलीले आफ्नो इनिङमा २ सय ६७ इनिङमा १३ हजार रनको स्कोर समेत पुरा गरे। उनी सर्वाधिक चाँडो १३ हजार रन पुरा गर्ने ब्याटर समेत बने। कोहली ९४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा १ सय २२ रनमा अविजित रहँदा राहुल १०६ बलमा १२ चौका र २ छक्काको सहयोगमा १ सय ११ रन बनाएर अविजित फर्किएका थिए।

कोहलीले आफ्नो करिअरको ४७ औं एकदिवसीय अन्तराष्ट्रिय शतक प्रहार गर्दा राहुलले करीअरको छैटौं एकदिवसीय अन्तराष्ट्रिय शतक प्रहार गरे। राहुलले साढे २ वर्षपछि एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाएका हुन्। उनले पछिल्लो पटक २०२१ को मार्च २६ मा इंग्ल्यान्ड विरुद्ध शतक बनाएका थिए।

यि दुई बिच तेस्रो विकेटका लागि १ सय ९४ बलमा २ सय ३३ रनको साझेदारी गरेका थिए। जुन पाकिस्तानका लागि भारतीय ब्याटरले गरेको यो सर्वाधिक ठुलो साझेदारी समेत हो।

त्यसअघि रोहित शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए। रोहितले ५६ रन बनाउँदा शुभमन गिलले ५८ रन बनाएका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष