एसियाकप सुपर-४: श्रीलंका विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै भारत

एसियाकप सुपर-४: श्रीलंका विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै भारत
+
-

काठमाडौं- एसियाकप क्रिकेट अन्तर्गत सुपर-४ को आफ्नो दोस्रो खेलमा भारतले श्रीलंका विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। रोहित शर्माले पाकिस्तान विरुद्धको टिममा एक परिवर्तन गरेका छन्। शार्दुल ठाकुरको स्थानमा अक्षर पटेललाई प्लेइङ-११ मा समेटेका छन्। श्रीलंकाले भने बंगलादेश विरुद्धको खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन्।

यसअघि सुपर- ४ को पहिलो खेलमा पाकिस्तानलाई २ सय २८ रनको फराकिलो जित निकाल्दै भारतले रवाफिलो सुरुवात गर्न सफल भएको थियो। आइतबार वर्षाले प्रभावित बनाएपछि सोमबार पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। मंगलबारनै श्रीलंकासँग प्रतिस्पर्धा गरेको हो।

मंगलबार श्रीलंका पहिलो खेलमा बंगलादेशलाई पराजित गरेकाले फाइनल सम्भावना बलियो बनाउन भारतलाई हराउने लक्ष्य सहित मैदान उत्रिंदै छ। सुपर-४ को पहिलो खेलमा बंगलादेशलाई २१ रनले हराएको श्रीलंका बलियो भारतलाई हराउँदै आफ्नो कीर्तिमानी एकदिवसीय अन्तराष्ट्रियमा लगातार जित यात्रा कायम राख्न चाहन्छ।

कोलम्बो स्थित प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार ३:१५ बजे खेल सुरु हुने छ। यि दुई टिम एसियाकपको एकदिवसीय फर्म्याटमा २० औं पटक एकअर्का विरुद्ध भिड्न लागेका हुन्। पछिल्लो पटक २०१४  मा एसियाकपमा प्रतिस्पर्धा गरेका थिए।

हेड टु हेड

समग्रमा भारत र श्रीलंकाबिच अहिले सम्म १ सय ६५ एकदिवसीय अन्तराष्ट्रिय खेल भएको छ जसमा भारतले ९६ खेलमा जित निकाल्दा श्रीलंकाले ५७ खेल जितेको छ। ११ खेल नतिजाविहीन भएको छ। एसियाकपको एकदिवसीय फर्म्याटमा १९ खेल हुँदा भारतले ९ र श्रीलंकाले १० खेलमा जित निकालेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष