
काठमाडौं- एसियाकप क्रिकेट अन्तर्गत सुपर-४ को आफ्नो दोस्रो खेलमा भारत श्रीलंकन स्पिनर सामु निरीह बनेको छ। भारतले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनाउँदा वर्षाले खेल रोकिएको छ। श्रीलंकाको कोलम्बो स्थित आर प्रेमदासा स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारत श्रीलंकन बलरसामु निरीह रह्यो।
पहिलो विकेटका लागि रोहित शर्मा र शुभमन गिलले ८० रनको साझैदारी गर्दै राम्रो सुरुवात दिएपनि त्यसपछि कुनैपनि भारतीय ब्याटर टिकेर खेल्न सकेनन्। भारतका लागि कप्तान रोहित शर्माले ५३ रनको अर्धशतकीय इनिङ खेल्दा केएल राहुलले ३९ रन बनाए। त्यस्तै शुभमन गिल १९ रनमा आउट हुँदा इशान किशन ३३ रनमा पेभिलियन फर्किए। तप दोहोरो स्कोरका रुपमा अक्षर पटेलको १० रन रह्यो।
भारतसामु रवाफिलो प्रदर्शन गर्ने क्रममा श्रीलंकाका दुनिथ वेलालगेले सर्वाधिक ५ विकेट लिए। उनले भारतको शीर्ष क्रम ध्वस्त बनाउँदा चरिथ असालन्काले ४ विकेट लिन सफल भए।
दुबै टिम लगातार दोस्रो जितको खोजिमा रहेका छन्। यसअघि सुपर- ४ को पहिलो खेलमा भारतलले पाकिस्तानलाई २ सय २८ रनको फराकिलो अन्तरले हराएको थियो भने श्रीलंकाले आफ्नो पहिलो खेलमा बंगलादेशलाई २२ रनले पराजित गरेको थियो।