एसियाकप सुपर-४: भारत द्वारा श्रीलंकालाई २ सय १४ रनको लक्ष्य

एसियाकप सुपर-४: भारत द्वारा श्रीलंकालाई २ सय १४ रनको लक्ष्य
+
-

काठमाडौं- एसियाकप क्रिकेट अन्तर्गत सुपर-४ को आफ्नो दोस्रो खेलमा भारतले श्रीलंकालाई जितका लागि २ सय १४ रनको लक्ष्य दिएको छ। श्रीलंकन स्पिनर सामु निरीह बनेको भारत ४९.१ ओभरमा अलआउट हुँदै २ सय १३ रनमा समेटियो।

अन्तिम एक विकेट बाँकी रहँदा भारत ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो। खेल पुन सुरु भएपछि बाँकी रहेको एक विकेट पनि स्पिनरका नाममा रहँदा एकदिवसीय अन्तराष्ट्रियमा श्रीलंकाले भारतका सबै १० विकेट स्पिनरबाटै लिन सफल भयो।

श्रीलंकाको कोलम्बो स्थित आर प्रेमदासा स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारत श्रीलंकन स्पिनरका अगाडि निरीह रह्यो। पहिलो विकेटका लागि रोहित शर्मा र शुभमन गिलले ८० रनको साझैदारी गर्दै राम्रो सुरुवात दिएपनि त्यसपछि कुनैपनि भारतीय ब्याटर टिकेर खेल्न सकेनन्। भारतका लागि कप्तान रोहित शर्माले ५३ रनको अर्धशतकीय इनिङ खेल्दा केएल राहुलले ३९ रन बनाए।  त्यस्तै शुभमन गिल १९ रनमा आउट हुँदा इशान किशन ३३ रनमा पेभिलियन फर्किए। थप दोहोरो स्कोरका रुपमा अक्षर पटेल २६ रनमा अन्तिक विकेटका रुपमा पेभिलियन  फर्किएका थिए।

भारतीय ब्याटर सामु रवाफिलो प्रदर्शन गर्ने क्रममा श्रीलंकाका दुनिथ वेलालगेले सर्वाधिक ५ विकेट लिए। २० वर्षीय दुनिथले रोहित शर्मा, शुभमन गिल, विराट कोहली, इशान किशन, केएल राहुल र हार्दीक पाण्डयाको विकेट लिंदै सनसनिपूरण प्रदर्शन गरेका थिए। उनले भारतको शीर्ष क्रम ध्वस्त बनाउँदा चरिथ असालन्काले ४ विकेट लिन सफल भए। अर्को एक विकेट महेश थिकसनाले लिएका थिए।

दुबै टिम सुपर-४ मा लगातार दोस्रो जितको खोजिमा रहेका छन्। यसअघि सुपर- ४ को पहिलो खेलमा भारतलले पाकिस्तानलाई २ सय २८ रनको फराकिलो अन्तरले हराएको थियो भने श्रीलंकाले आफ्नो पहिलो खेलमा बंगलादेशलाई २२ रनले पराजित गरेको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष