भ्रष्टाचारमा मुछिने सबैलाई समान सजाय दिन शाहीको माग

भ्रष्टाचारमा मुछिने सबैलाई समान सजाय दिन शाहीको माग
+
-

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारमा मुछिने सबैलाई समान कानुन अनुसार कारबाही गर्न सरकारसँग माग गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित राप्रपाको ‘धर्मको रक्षा र भ्रष्टाचार विरुद्ध’मा आयोजित आमसभा र र्‍याली कार्यक्रमलाई सम्बोधन गर्ने उनले सरकारसँग यस्तो माग गरेका हुन्।

उनले ललिता निवास जग्गा प्रकरणमा जोडिएका मुलुकका दुइ शीर्ष नेता माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई कारबाही गर्न नसकेको भन्दै मुलुकमा सानालाई ऐन र ठूलालाई चैनको अवस्थाको अझै अन्त्य हुन नसकेको उल्लेख गरे।

भ्रष्टाचारी पक्रिएजस्तो गर्ने तर आफू निकटस्थको नाम आउँदा सरकार पछि हट्दै जाँदा मुलुकमा भ्रष्टाचारको अन्त्य नहुने उनको तर्क छ।

उनले भने, ‘अधिकांश नेता भ्रष्टाचारी देशद्रोही भए, यिनले अपराध गरे आज देशमा युवा नबस्ने वातावरण बनाए यिनिहरुलाई जरैबाट उखेलेर फाल्नुपर्छ, अवस्था र व्यवस्था दुवै परिर्वतन गर्नुपर्छ त्यो विकल्प अब हामीसँग बाँकी छ।’

उनले थपे, ‘अस्ति प्रधानमन्त्री ज्यूले भन्नुभएछ बर्षापछि हजारौँ लाखौँ जनता सडकमा उतार्छु, आन्दोलन गर्छु, मलाई अहिले पनि यही अचम्म लाग्छ यदि संसारमा कोही कायर प्रधानमन्त्री छ भने नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन्। विश्वमा मैले आजसम्म कतै सुनेको छैन एउटा प्रधानमन्त्रीले प्रधानमन्त्रीको कुर्सीमा बसेर आन्दोलन गर्छु भनेको।’

मुलुकमा बृद्धबृद्धाको मृत्यु हुँदा काजकिरिया गर्न विदेशमा रहेका उनका छोराछोरी कुरेर बस्नुपर्ने अवस्थामा अन्त्यको लागि पहल गर्न युवाहरुलाई जोड दिए।

शाहीले भने, ‘मरेको लास पनि छिट्टै पशुपति आर्यघाट जान पाउँदैन। लासले जल्न पनि ४,५ दिनसम्म सन्तान कुरेर बस्नुपर्ने अवस्था आयो। यो स्थितिबाट माथि उठ्न मुलुकको अवस्था र व्यवस्था दुवै फेर्नुपर्ने समय आएको छ। त्यस्तो अवस्थामा मात्रै मुलुकले कायापलट फेर्छ।’

देशमा शिक्षक शिक्षक जस्तो नभएको त्यस्तै राजनीतिज्ञ, न्यायाधीश, सेना प्रहरी इमान्दार भएर देशमा बस्न नसक्ने अवस्था आएको उनले बताए। भ्रष्टाचारी कर्मचारी मात्रै देशमा बस्न सक्ने अवस्था आउनुमा नेताको गल्ती भएको उनले औँल्याए।

उनले गौहत्या गर्नेलाई कानुन अनुसार कारवाही गर्न गृहमन्त्रीलाई आग्रह गरेका छन्। शाहीले भने, ‘गौ हत्या गरेर खाने मात्रै होइन खुलमखुला चुनौति दिएर भिडियो पोष्ट गरेर ७७ जिल्लामै गाइ काट्ने भनेर दम देखाएका छन्। बैद्धिक सनातनसहितको हिन्दु राष्ट्र हुनुका साथै कानुनले पनि बर्जित गर्ने भएकाले गौ हत्या नगर भन्दा हामी कसरी अतिवादी भयौँ? गौहत्या गर्नेलाई कानुन अनुसार कारबाही गर्न सरकारसँग आग्रह गरे। यदि सरकारले कारबाही नगरे राप्रपाका युवाले समाएर आफैं सरकारलाई बुझाउँछौँ।’

विकृतिको एउटा जड मुलुकको संघीय शासन प्रणाली पनि भएको भन्दै उनले यसको खारेजीको आग्रह गरे।

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष