एसियाकपको फाइनल पुग्न पाकिस्तानद्वारा श्रीलंकालाई २ सय ५२ रनको लक्ष्य

एसियाकपको फाइनल पुग्न पाकिस्तानद्वारा श्रीलंकालाई २ सय ५२ रनको लक्ष्य
+
-

काठमाडौं- एसियाकप क्रिकेट अन्तर्गत सुपर-४ को आफ्नो अन्तिम तथा निर्णयाक खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै श्रीलंकालाई जितका लागि २ सय ५२ रनको लक्ष्य दिएको छ। वर्षाका कारण दुई पटक प्रभावित बनेको खेल  निर्धारित समयमा खेल सुरु नभएका कारण ५ ओभर घटाएर ४५-४५ ओभरमा झारिएको थियो। तर पुन दोस्रो पटक पनि वर्षाले प्रभावित बनाएपछि ४२ ओभरमा छोट्याइयो। जसका कारण डिएलएस म्याथोडका आधारमा श्रीलंकाले रिवाइज्ड लक्ष्यका रुपमा २ सय ५२ रनकै लक्ष्य पाएको हो।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ८६ रनको नटआउट इनिङ खेल्दा ओपनर अब्दुल्लाह सफिकले पनि ५२ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै कप्तान बाबर अजाम २९ रनमा आउट हुँदा इफ्तिखर अहमेदले ४७ रन बनाए। श्रीलंकाका लगि मथिसा पथिरनाले ३ विकेट लिंदा प्रमोद मदुसनले २ तथा महेश थिकसिना र दुनिथ वेलालगेले समान १-१ विकेट लिए।

श्रीलंका र पाकिस्तानबिचको विजेताले भारतसँग फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। श्रीलंका पराजित भएमा एसियाकपको इतिहासमा पहिलो पटक भारत-पाक फाइनल हुने छ। श्रीलंका र पाकिस्तान दुबैले समान १-१ खेलमा जित निकालेकाले जित्ने टिमको ४ अङ्क हुने छ। भारत यसअघिनै ४ अङ्कका साथ फाइनल प्रवेश गरीसकेको छ। यदि वर्षका कारण खेल रद्द भएमा श्रीलंका नेट रनरेटका कारण फाइनल पुग्ने छ। पाकिस्तान प्रतियोगिताबाट बाहिरिने छ। बंगलादेश भने लगातार दुई हारसँगै प्रतियोगिताबाट बाहिरिसकेको छ।

सुपर चारमा श्रीलंका र पाकिस्तानको यो अन्तिम खेल हो। डिफेन्डीङ च्याम्पियन श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई २१ रनले पराजित गरेको थियो। दोस्रो खेलमा भारतसँग ४१ रनले पराजित भएको थियो। पाकिस्तानले भने पहिलो खेलमा बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो। तर दोस्रो खेलमा भारतसँग २ सय २८ रनले पराजित हुन पुगेको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष