हेटौँडामा डाक्टर कुट्नेहरुबिरुद्ध चिकित्सक संघले दियो जाहेरी

हेटौँडामा डाक्टर कुट्नेहरुबिरुद्ध चिकित्सक संघले दियो जाहेरी
+
-

हेटौंडाको सञ्चो अस्पतालका दुई जना चिकित्सकलाई कुटपिट गर्नेविरूद्ध नेपाल चिकित्सक संघले शुक्रबार जाहेरी दिएको छ।

शुक्रबार बिहान १० बजेतिर संघले मकवानपुर प्रहरीमा जाहेरी दर्ता गराएको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिए।

गत बुधबार बिहान सञ्चो अस्पतालका दुई चिकित्सकमाथि कुटपिट भएको थियो।

घटनापछि प्रहरीले कुट्ने र कुटाइ खाने दुवै पक्षलाई बोलाएर छलफलमा राखे पनि जाहेरी  भने दर्ता भएको थिएन।

घटनामा चिकित्सक विकास थापा र प्रशान्त बिडारी घाइते भएका छन्। घटनाको विरोधमा हेटौँडाका सबै अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द छन्।

गत  साउन २५ गते मृत्यु भएका हेटौँडाका ४२ वर्षीय राजेश प्रधानको उपचारमा सञ्चो अस्पतालका चिकित्सकहरुले लापरबाही गरेको भन्दै बिरामीका आफन्तहरुले एक महिनापछि आएर बुधबार चिकित्सकहरु विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?