चिकित्सकमाथि भएको कुटपिटको विरोधमा कोशी अस्पतालको ओपिडी सेवा २ घण्टा बन्द

चिकित्सकमाथि भएको कुटपिटको विरोधमा कोशी अस्पतालको ओपिडी सेवा २ घण्टा बन्द
+
-

मोरङ – कोशी अस्पतालका चिकित्सकहरुले चिकित्सकमाथि भएको कुटपिटको विरोधमा ओपिडी सेवा बन्द गरेका छन्। उनीहरुले मोरङको सुन्दरहरैंचा नगर अस्पताल र हेटौँडामा चिकित्सकमाथि भएको कुटपिट तथा हातपातको विरोधमा शुक्रबार दुई घण्टा ओपिडी सेवा बन्द गरेका हुन्।

कोशी अस्पताल विकास समितिका सदस्य हरि भट्टराईले बिरामीको जीवन बचाउन रातदिन खट्दै आएका चिकित्सक सुरक्षित नरहेको भन्दै विरोध गरेको बताए।

अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. चन्द्रभाल झाले बिहान ९ देखि ११ बजेसम्म चिकित्सकले विरोध गरेको जनाए।

उनले भने, ‘हाम्रो काम स्वास्थ्य सेवा दिनु हो। बिहानबाट ओपिडीमा पुर्जी काटेर बिरामी र आफन्त आइसकेका थिए। यस्तो अवस्थामा सेवा अवरुद्ध गर्न हुन्न भनेर चिकित्सकलाई सम्झायौँ। उहाँहरुले कुरा सम्झिएपछि पुनः सेवा सुरु भएको हो।’

चिकित्सकमाथि भएको कुटपिटमा संलग्नलाई कारबाही हुनुपर्ने र चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग राख्दै देशभरका चिकित्सक आन्दोलित भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?