लामाचौर भलिबल कपमा गल्कोट स्पोर्टसको लगातार तेस्रो हार

लामाचौर भलिबल कपमा गल्कोट स्पोर्टसको लगातार तेस्रो हार
+
-

पोखरा- गल्कोट स्पोर्टस क्लबले लामाचौर भलिबल कपमा लगातार तेस्रो हार व्यहोरेको छ।

शनिबार इन्द्रराज्यलक्ष्मी माविको खेल मैदान लामाचौरमा भएको खेलमा गल्कोट मणिमुकुन्द भलिबल क्लब बुटवलसँग ३-० को सोझो सेटमा पराजित भएको ह।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा गलकोट विरुद्ध मैदान उत्रिएको मणिमुकुन्दले २५-२३ को जीत निकाल्यो।

दोस्रो सेटको खेलमा निकै घम्साघम्सी भयो। सुरुवातीदेखि दुवै टोलीले बराबरी खेलिरहेको। तर, अन्तिममा जीत मणिमुकुन्दको पोल्टामा परेको छ।

दोस्रो सेटमा २९-२७ को जीत निकालेको मणिमुकुन्दले तेस्रो सेटमा २५–२० को जीत निकाल्न सफल भयो ।

राउण्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा मणिमुकुन्दको यो दोस्रो जीत हो।

पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित मणिमुकुन्दले दोस्रो खेलमा गण्डकीलाई पराजित गरेको थियो।

पहिलो खेलमा गण्डकीसँग पराजीत गल्कोट दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफसँग स्तब्ध भएको थियो।

शुक्रबारदेखि सुरु प्रतियोगितामा मणिमुकुन्द, गल्कोर्टसँगै गण्डकी प्रदेश, विभागीय डर्बी नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब सहभागी छन्।
महिलातर्फ विभागीय डर्बी नेपाल पुलिस क्बल, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमण्ड युथ स्पोर्टस् क्बल र एभरेष्ट भलिबल क्बल सहभागी छन्।

नवआदर्श सामुदायिक विकास समाजले आयोजना गरेको महिला पुरुष भलिबल प्रतियोगिताको दुवै विधाको विजेताले १ लाख ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

दोस्रो हुनेले १ लाख १११ रुपैयाँ र तेस्रोले ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?