स्क्रब टाइफस र एन्फ्लुएन्जाका बिरामी बढे

स्क्रब टाइफस र एन्फ्लुएन्जाका बिरामी बढे
+
-

नेपालगञ्ज – नेपालगञ्जका अस्पतालमा स्क्रब टाइफस र एन्फ्लुएन्जाका बिरामी बढेका छन्। डेंगीका बिरामी पनि देखा परेको छ।

अहिलेरुघाखोकी, ज्वरो, टाउको दुख्ने समस्या भएका बिरामीमा स्क्रब टाइफस र एन्फ्लुएन्जा पुष्टि भइरहेको छ।४–५ दिनदेखि ज्वरो आएकी ९ वर्षीया अनुशा वलीको रगत परीक्षण गर्दा स्क्रब टाइफस पुष्टि भएको छ। अनुशाजस्ता स्क्रब टाइफस भएका बालबालिका मेडिकल कलेजमा धेरै छन्।

बाल रोग विशेषज्ञ डा. रोमा बोराले पछिल्ला दिनमा बालबालिकामा स्क्रब टाइफस र डेंगी देखिएको बताइन्। चिकित्सकका अनुसार, यो मौसममा स्क्रब टाइफस र डेंगीका बिरामी बढ्छन्।

नेपालगञ्जको भेरी अस्पताल, मेडिकल कलेजमा स्क्रब टाइफस, एन्फ्लुएन्जा, डेंगीका बिरामी आइरहेका छन्। स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग मुसामा लाग्ने किर्नाजस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्छ।

भेरी अस्पताल, नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेका अनुसार, स्क्रब टाइफसको संक्रमण भएमा धेरै ज्वरो आउँछ। टाउको दुख्ने, पसिना धेरै आउने, छाला चिलाउने, आँखा रातो हुँदै जाने, निम्फोग्राफी सुन्निनेजस्ता लक्षण देखा पर्न थाल्छन्।

विस्तारै खोकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, श्वास प्रश्वासमा अवरोध आउनेजस्ता समस्या बढ्न थाल्छ र टोकेको ठाउँमा कालो सानो दाग बस्दै जान्छ।

भेरी अस्पताल, नेपालगञ्जका एन्फ्लुएन्जा फोकलपर्सन डा. खगेन्द्रजंग शाहले विगत दुई सातादेखि अस्पतालमा एन्फ्लुएन्जाका बिरामी बढेको बताए।

भेरीले बिरामीको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गर्छ। परीक्षण गरेका करिब ४० प्रतिशतमा एन्फ्लुएन्जा देखिएको छ। मौसमी एन्फ्लुएन्जा एक किसिमको भाइरस संक्रमण हो। बोलीचालीमा यसलाई फ्लु पनि भनिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?